आगामी अगस्ट १९ तारिखमा अमेरिकाको कोलोराडोमा हुनलागिरहेको “दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड” को तयारी अन्तीम अवस्थामा पुगेको अवार्डका अधक्ष्य नबराज श्रेष्ठले जानकारी गराएका छन । नेपाली चलचित्र को बजार बिस्तार एवम प्रबर्धनका लागि यस अवार्ड सहयोगी बन्नेमा आयोजक बिस्वस्त रहेकाछन । केही समय अघी अवार्डका अधक्ष्य नबराज श्रेष्ठ तथा संयोजक शैलेश पोखरेल अवार्डको चाजो पाजो मिलाउन नेपाल पुगेका थिए । नेपालबाट कलाकर्मि तथा संचारकर्मीहरुको उत्साहजनक साथ मिलेकोमा आफुहरुलाई थप उर्जा मिलेको उनिहरुले बताएका छन ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाले आयोजना गर्न लागेको यो फिल्म समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने छ भने नेपाली कला सस्कृति झल्कने बिभिन्न कलात्मक एवम मनोरन्जनात्मक प्रस्तुतीहरु पनि समाबेश गरिनेभएको छ ।
नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्ल तथा नेपालका लागि अवार्ड ब्यबस्थापक एवम फिल्म निर्माता मधु श्रेष्ठले नेपालबाट हुने तयारीमा कुनै पनि कमि कमजोरी हुन नदिने र यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताएका छन ।
अमेरिकाबाट नायक नबराज श्रेष्ठ, पदम विश्वकर्मा, राजु सिटौला, राम लामा अविनाशी, बासु खनाल, जोशन श्रेष्ठ, प्रकाश सिटौला, सुनिता घले थापा, भीम राई आयोजकको भूमिकामा सक्रीय छन । कार्यक्रममा चाहने दर्शकहरुका लागि डेनभर स्थित होटेल क्राउन प्लाजामा बुकिङ खुल्ला गरीएकोले बस्न चाहनेहरुले डिस्काउन्ट कोड GNF मार्फत प्रती नाईट अमेरिकी डलर १०६ मा कोठा पाउन सक्ने आयोजकले जानकारी गराएका छन । ।
अवार्डको तेस्रो सस्करण भने अस्ट्रेलियामा हुने भएको छ ।