गुरु ब्रह्मा गुरुर बिष्णु गुरुर देब महेश्वर ,
गुरु साक्षत परम्ब्रह्मा तस्मै श्री गुरुवे :नमह !!
आफूलाई शिक्षा दिने गुरु साक्षत् भगवान हुन् , भन्ने मान्यता सहित आज बिशेष हर्सोल्लाषका साथ आफ्ना गुरुहरुलाई सक्नेले प्रत्यक्ष भेटेर , नसक्नेले फोन, म्यासेज या फेसबुक मार्फत् भए पनि आ-आफ्नो भावना प्रकट गरेका छन् । आज फेसबुकको भित्ता निकै नै आदरभावले भरिएको देखियो । हरेक क्षेत्रमा आ-आफ्नै तरिकाले मनाय पनि कलाकारिता क्षेत्रमा भने गुरु पुर्णिमाको निकै रौनक देखिन्छ । छायंकनमा ब्यस्त कलाकर्मिहरुले फोनबाटै आफ्नो गुरुलाई शुभकामनाका साथ आदरभाव प्रकट गरेका छन् भने धेरैले आज समय मिलाएर आफ्नो गुरुको आशिर्बाद प्रत्यक्ष रुपमै लिएको भेटियो । राजधानिमा संचालन भैरहेका थुप्रै कलाकारीता प्रषिक्षण केन्द्रहरुमा आज दिनभर नै रमाईलो बतावरण देखियो ।
बानेश्वरको ‘ द मोभमेन्ट डान्स एकेडेमी ‘ मा हामि पुग्दा निकै भक्तिभावका साथ पुजा-आजा र गुरुको आशिर्बाद लिने कार्यक्रम भैरहेको थियो । दर्पणछायां, लहना, थ्रि लभर्स, ब्याई फ्रेन्ड लगाएत ३ दर्जन जति चलचित्रमा कोरियोग्राफि गरिसकेका पुर्नम राई लाई थुप्रै चलचित्र, भिडियो तथा स्टेज कार्यक्रममा आफ्नो कौसलता देखाईसकेका कोरियोग्राफर बिदुर सिवाकोटीले आफ्नो गुरु मान्दै आदरभाव प्रकट गरेका थिए भने उनै बिदुरलाई थुप्रै कलाकार तथा ‘द मोभमेन्ट डान्स एकेडेमी’ का नाच सिक्दै गरेका प्रसिक्षार्थिहरुले गुरुको आदरभाव प्रकट गरिरहेको भेटियो ।
त्यस्तै नेपाली चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार तथा प्राबिधिकहरुले पनि आजको दिनलाई निकै महत्वको रुपमा लिदै आ-आफ्ना गुरुहरु प्रति आदर प्रकट गरेको देखियो । जे होस, आजको माहोल हेर्दा लाग्थ्यो, नेपाली कलाकारीताको क्षेत्र होस् या शैक्षिक, संचारको क्षेत्र होस् या चिकित्सा, हरेक क्षेत्रमा एकले अर्कालाई संमानजनक ब्यबहार र आदरभाव राख्दछन् तर बास्तबिकता भने तपाईं-हामी समक्ष प्रस्टै छ । आजको जस्तै वातावरण बर्षमा ३६५ दिन नै बनि रहोस्…. 977online को यहि कामना…….सम्पुर्ण गुरुजनहरुमा हाम्रो नमन !! !!