Celebrities Entertainment National News

केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धाञ्जली सभा

plus977.net
चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन आज चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा गरियो । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरियो ।
दिवंगत चलचित्र विकास बोर्ड अध्यक्ष केशब भट्टराइको १३ औ पुन्ज तिथीका अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रुपमा भट्टराई गरेका कामको स्मरण गर्नु भयो । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनौट भएको र त्यसै ठाउँमा स्टुडियो बनाउन सुरु गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले स्टुडियो निर्माणमा भट्टराईले पु¥याउनु भएको योगदान चलचित्र जगतकालागि अविस्मरणीय हुने बताउनु भयो । भट्टराई कै पहलमा मोफसलका सिनेमा हलहरुमा बक्स अफिस लागु गर्ने अभियान शुरु भएको पनि साँखीले स्मरण गर्नु भयो ।plus977.net
दिवंगत अध्यक्ष केशब भट्टाराईको सम्झनामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीका साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भूजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राईले पनि आप्mना भावनाहरु राख्नु भएको थियो ।
वरिष्ठ सिनेमा निदेर्शक तुलसी घिमिरेले आफुले निर्देशन गरेको चलचित्र कोशेलीबाट दिवंगत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ठ कलाकारको रुपमा उहाँको सम्झना गर्नुभयो ।
दिवंगत तीनै जनाको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहलले चलचित्र जगतका विभिन्न संस्थाहरु एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै चलचित्र क्षेत्रको विकासकालगि पनि एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।
दाहलले भट्टराईले चलचित्र क्षेत्रको विकासकालागि विभिन्न महत्वकांक्षि योजनाहरु बनाउनु भएको उहाँले परिकल्पना र सुरुवात गर्नु भएका योजना र कार्यक्रम सफल बनाउने लागि पर्ने बताउनु भयो । राम्रो कामको योजना बनाउँदा बनाउँदै एउटा सहकर्मी गुमाउनु पर्दाको पीडाले आफुलाई मर्माहत बनाएको दाहलको भनाई थियो ।plus977.net

Advertisement