Entertainment Movies National

कोईरालाको “अधिकार” आजबाट नेपाल टेलिभिजनमा !!!

977online.com

सुचना विभागको लागी नेपाल टेलिभिजनद्वारा निर्मित टेलि शृङ्खला “अधिकार” आज बाट हरेक शुक्रबार बेलुका ७:२५ बजे र पुनः प्रशारण  शनिबार दिउँसो २:२० बजे हेर्न सकिने  भएको छ । आम जनतामा  सूचनाको हकलाई  सुसूचित गर्ने  मुल  उद्देश्यसंगै  एउटा मनोरञ्जनात्मक सम्पुर्ण प्याकेजको रूपमा लिइएको बहुप्रतिक्षित टेलि सिरियल आज बाट प्रशारणमा आउन लागेको हो । रमेश कोइरालाको कथा र निर्देशनमा   तयार भएको उक्त टेलि शृङ्खलामा पवन सुबेदीको पटकथा / सम्बाद , अशोक कुमार बस्नेतको छायांकन रहेको छ । कोइरालाले यस भन्दा अगाडि पनि  नेपाल  टेलिभिजनको लागि  थुप्रै  टेलि  शृङ्खलाहरु निर्देशन  गरिसकेका   छन् भने  कोइराला निर्देशित ठुलो पर्दाको  चलचित्र  “ लिला ”  प्रदर्शनिमा  आईसकेको छ ।977online.com                      टेलि शृङ्खला “अधिकार” मा राष्ट्रका ख्यातिप्राप्त कलाकारहरु सनम कठायत, रमेश बुढाथोकी, रिजा भुसाल , रस्मी भट्ट आदि कलाकारको अभिनय रहेको छ । पछिल्लो पुस्ताका चर्चित मोडल सनमका शुभचिन्तक माझ “अधिकार” अत्यन्तै चर्चा सहित प्रतीक्षामा छ भने निर्देशक कोइराला पनि निकै नै उत्शाहित देखिन्छन् ।

Advertisement