सोमबार, राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘लखपति माग्ने’ को मुर्हत गरिएसँगै कमेडी जनरामा यो चलचित्र बन्ने भएको हो । हेटौडा मूभी मेकर्स टिम तथा ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले चलचित्र ‘लखपति माग्ने’ बनाउने भएका छन् । एक समारोहका बीच नेपालकै प्रथम अभिनेत्री भूवन चन्दले ‘लखपति माग्ने’ को नाम लोकार्पण गरेकी हुन् । ‘लखपति माग्ने’ का निर्देशक सवनम मुखीया हुन् भने चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने छ ।
भदौ महिनामा छायांकनमा जाने यस चलचित्रका लेखक तथा निर्देशक सवनम आफै हुन् । चलचित्रका लागि अहिलेसम्म कमलमणी नेपाल र निरु खड्का कलाकारमा अनुबन्दित भएका छन् । नरेन्द्र महर्जन तथा प्रकाश चन्द्र महर्जनको संयुक्त निर्माणमा बन्ने यस चलचित्रका अन्य कलाकारहरु को भने छनोट भैरहेको छ ।
शुभमुर्हतमा चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, निर्देशक मोहन निरौला, निर्देशक लक्ष्मिनाथ शर्मा, ओस्कर कलेजका सि.इ.ओ. विनोद पौडेल लगायतले शुभकामना दिएका थिए । सो अवसरमा सवनम निर्देशित लघु चलचित्र ‘जुविनाइल’ को दुई गीत पनि सार्वजनिक गरिएको जानकारी ‘जुविनाइल’ का कलाकार जय जगदीश अधिकारीले 977online लाइ गराएका छन् । उक्त कार्यक्रममा निर्देशक सवनमले आफ्ना बुबा / आमा , श्याम र सुनिताको नाममा चलचित्र पुरस्कार पनि घोषणा गरिन । ड्रिम बल्र्ड अफ फिल्म मेकर्स प्रा.ली. ले आयोजना गरेको उक्त कार्यक्रमको समन्वय सन्चारकर्मी निराजन भण्डारीले गरेका थिए ।