Entertainment Movies Music

डेभिसमा दशै धमाका सुसम्पन्न ( फोटो फिचर )

977online

नेपालीहरुको महान चाड बडा-दशैको उपलक्षमा अमेरिकाको क्यालिफोर्निया स्थित Davis मा गत सेप्टेम्बर- २४ आइतबारका दिन NAFCA & NSC द्वारा आयोजित दशैं धमका कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्य्रक्रमका मुख्य आकर्शक चर्चित गायक प्रमोद खरेल र चलचित्र निर्देशक सुरेस दर्पण पोखरेलको बेजोड प्रस्तुतीले दर्शकहरुलाई मनमोहित पारेको थियो । प्रमोदले ” म बिना कसैकसैलाई मुस्किल छ पोखरामा ” , “हे झुमा झुम्कावाली ” ” अल्झेछ क्यारे पछेउरी ” , “चल बतास चल् चल् ” लगायतका गीतहरु प्रस्तुत गरेका थिए । प्रमोदले आफ्ना डान्सिङ नम्बरहरु प्रस्तुत गरिरहदा उपस्थित दर्शकहरु सबै एकैसाथ नाचेर उनलाई साथ दिएका थिए भने सुरेशले स्ट्यान्डप कमेडी र उद्घोषण कलाले दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।

आयोजक सस्थाका अधक्ष्य तारा बरालको सभापतित्वमा सम्पन्न सो कार्य्रक्रमा एन आर एन क्यालिफोर्नियाका निबर्तमान अधक्ष्य पूर्ण बानिया , नेपाल जन संपर्क समिती अमेरिका क्यालिफोर्निया च्याप्टरका अधक्ष्य पूर्ण शेर्पा लगायतको उपस्थिती रहेको थियो । प्रमोद र सुरेसका अलावा बे एरियामा रहेका अन्य प्रतिभावान कलाकर्मिहरु लक्ष्मी खरेल , निता थुर्शन लगायतले प्रस्तुती दिएका थिए ।

Photos:

 

977online

 

Advertisement