करिब ५ बर्ष लामो प्रेम सम्बन्धपछी अब भने नेपाली चलचित्र उध्योगकी चर्चित नायिका निशा अधिकारी मल्ल र चर्चित क्रिकेटर शरद भेषवाकर श्रीमान्/श्रीमती बन्ने भएका छन् । असार १४ गते मेहन्दिको कार्यक्रम संगै असार १६ गते शुक्रबार उनिहरु बैबाहिक बन्धनमा बांधिने भएका छन् । यतिबेला आफ्ना निकटका साथि-भाई र आफन्तहरुलाई बिहेको निम्तो पठाउने तथा बिहेको तयारीमा दुबै परिवार जुटिरहेका छन् । बिबाहको भोज पनि शुक्रबार नै दरबार मार्गको एक पाँच तारे होटेलमा हुंदैछ ।
कर्मथलोमा अलग-अलग बाटो हिंडेको भएपनि जिन्दगीको यात्रामा संगै हिड्न लागेका निशा र शरद आ-आफ्नो क्षेत्रमा स्थापित नाम हुन् । रमाइलो पक्ष के छ भने निशा- शरदको बिहेको निम्तोको डिजाइन निकै कृयटिभ बनाइएको छ । कृकेटको बल, ब्याट र स्टम्ब्स राखेर डिजाइन गरिएको निम्तो कार्ड निकै आकर्शक देखिन्छ ।
सौगात मल्ल, बेनिशा हमालका साथमा निशाको समेत अभिनय रहेको सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ” झ्यानाकुटी ” लाई निशा अधिकारीले नै निर्माण गरेकी हुन् । चलचित्र भाद्र ८ गते बाट रिलिज हुंदैछ । निशा र शरद दुबैलाई हार्दिक मंगलमय शुभकामना, 977online को तर्फ बाट ।