Entertainment Movies

बेलायतमा हुने अवार्ड, हाम्रो गौरवः- नायक ध्रुव दत्त

977online.com

आगामी असार १७ गते अर्थात् जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड – २०१७’ को तयारी अन्तिम चरणमा पुगेसंगै बेलायतमा रेहेका नेपलीहरुको प्रतिक्षाको समय पनि घट्दै गएको छ । बक्स अफिस फिल्म फेयर अवार्ड, लण्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस टिम मिलेर संयूक्त रुपमा गर्न लागेको हो । थर्ड आई टिमका लण्डनका संयोजक विकास देवकोटाले अवार्डलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् भने ‘बक्स अफिस फिल्म फेयर’ नेपालका अध्यक्ष आर.के. सुवेदीले अवार्ड निष्पक्ष हुने दावी गरेका छन् ।

यसैगरी लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका अभिनेता ध्रुव दत्तले यो अवार्डमा निकैनै सक्रियता देखाईरहेका छन् । पछिल्लो समय ध्रुव दत्तले अभिनय गरेको बाबुराम ढकाल निर्देशित बिपी कोइरालाको अमरकृति चलचित्र ‘तीन घुम्ती’ हो । चलचित्र ‘तीन घुम्ती’ अगाडि ‘द प्लान, विष, वीरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लोक, ‘निर्दोष’ र ‘आवेग’ नामक चलचित्रमा अभिनय गरिसकेका ध्रुव दत्तले नेपली चलचित्रको अवार्ड यसरी बिदेशमा हुनु निकै खुसिको कुरा भएको बताउंदै आफू लगायत सम्पुर्ण लन्डनबासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु मिलेर अवार्डलाई भब्य रुपमा सफल बनाउने प्रतिबद्दता ब्यक्त गरेका छन् । अवार्ड कार्यक्राम जुलाई १ तारिख साँझ अल्डरसट स्थित एम्पायर हलमा हुंदैछ ।

Advertisement