अहिले सिनेमा बजार नेपली कथानक चलचित्र ‘ प्रेमगित-२ ‘ को चर्चाले निकै नै तातिरहेको छ । आशुसेन फिल्म्सको ब्यानरमा सन्तोष सेनको निर्माण तथा राम शरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेशा ठकुरीको सशक्त जोडी रहेको छ । श्रावन १३ , नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुका लागि ब्यग्र पर्खाइको दीन बन्नेमा अब कुनै दुइ मत रहेन, कारण यो मितीमा रिलिज हुन लागेको चलचित्र प्रेमगीत २ को प्रचारशैली र बिभिन्न कभर भिडियोहरु धमाधम सार्बजनिक भैरहेका छन् जसलाई दर्शकहरुले निकै रुचाएको देखिन्छ । बिगत एक दशक देखी नृत्यको दुनियामा होमिदै आएका बिदुर सिवाकोटीले भर्खरै मात्र चलचित्र ‘ प्रेमगित-२ ‘ को ‘ मोटर साईकलमा…’ बोलको गितको कभर भिडियो छायंकन सम्पन्न गरेको खबर हामीलाई प्राप्त भएको छ । उक्त भिडियोमा मन थापा, भिजन सिवाकोटी, सुभाष भट्ट, अनुषा श्रेष्ठ, रुपा घिसिङ र सुजाता श्रेष्ठको जोडीलाई प्रस्तुत गरिएको छ भने भिडीयोको कोरियोग्राफि/निर्देशन बिदुर सिवाकोटीले नै गरेका हुन् ।
बिगत ५ बर्ष देखी नयां बानेश्वरमा ‘ द मोभमेन्ट डान्स एकेडेमी ‘ संचालन गर्दै आएका बिदुरले अहिलेसम्म धेरै नया तथा पुराना कलाकारहरु लाई नाच्न सिकाई सकेका छन् । आफुसंग प्रसस्त क्षमता भएमात्र सफलता हात लाग्छ भन्ने सोच बोकेका बिदुरले बलिउडका कोरियोग्राफर टेरेन्स लुईज संग पनि प्रशिक्षण लिएका छन् । थुप्रै चलचित्रहरु, बिभिन्न टेलिभिजन कार्यक्रमहरु र स्टेज कार्यक्रमहरुमा बिदुरले आफ्नो कोरियोग्राफिको कौशलता प्रदर्शन गरीसकेका छन् । रहरै रहरमा यस क्षेत्रमा प्रबेश गरेका बिदुर अहिले पेशागत तरिकाले नै नृत्यको दुनियामा सफलता हात पार्दै अगाडी बड्दै छन् । उनैको निर्देशनको ‘मोटर साईकलमा…’ कभर भिडियो गुरु पुर्णिमाको अवसर पारेर रिलिज गरिने जानकारी 977online लाई प्राप्त भएको छ ।
मोटर साईकलमा, घुमाउंदै बिदुर सिवाकोटीः-
