Entertainment Movies

यो फ्राइडे : लभ र एक्सन

977online

यो शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदैछन : प्रेमगीत २ र रुद्र ।

प्रेमकथामा आधारित फिल्म ” प्रेमगीत २ ” र द्वन्दप्रधान फिल्म ” रुद्र ” एकै साथ प्रदर्शन हुँदा दर्शकहरुले दुई फरक स्वादका फिल्महरु हेर्न पाउने भएका हुन ।

प्रेमगीत २ 977online
वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । पहिलो दिन मल्टिप्लेक्समा ६० प्रतिशत र दोस्रो दिन बिहीवार ९० प्रतिशत टिकट बुकिङ भएको छ ।

एड्भान्स बुकिङ आक्रामक देखिएपछि यसको प्रभाव सोज बढोत्तरीमा पनि देखिएको छ । सर्वाधिक सेयर प्राप्त हुने क्यूएफएक्सले काठमाडौंका आउलेटमा मात्र १४ सोज उपलब्ध गराएको छ । पोखरामा पनि फिल्मले क्यूएफएक्समा पाँच सोज पाएको छ । शनिबारसमेत फिल्मको बुकिङ उच्च छ ।

 

रुद्र

977onlineरामजी लामिछाने निर्देशित फिल्म रुद्र मा नायक निखिल उप्रेती को फरक भूमिका दर्शकहरु ले हेर्न पाउने भएका छन । चलचित्रमा निखिलको साथमा दुई नवकलाकार विश्व शर्मा र साराको मुख्य भुमिका रहेको छ । चलचित्रका निर्देशक राम जी लामिछानेले चलचित्रमा आफुले निकै मेहनत गरेको बताउदै आएका पनि छन् । उनी यो चलचित्रमा निखिललाई दर्शकले फरक भुमिकामा पाउदा पनि त्यतिकै मात्रामा रुचाउनेमा विश्वस्त छन् ।

भन्दा अघि केहि चलचित्रमा काम गरिसकेका निर्देशक रामजी ब्यावसहिक हिसाबमा सफल भएका छैनन् । त्यसैले पनि यो चलचित्रबाट उनले ठुलो आशा लिएका छन् । रामजीले डेढ दशक अघि ‘घातक’ चलचित्रमा काम गरिसकेका छन् भने । सोभित बस्नेतका केहि चलचित्रहरुमा सहायक निर्देशन पनि गरिसकेका छन् । साथै उनले आफुलाई पहिला कोरियोग्राफिको रुपमा परिचित गराई अहिले निर्देशकको रुपमा स्थापित हुँदैछन् ।

आफ्नो चलचित्रको बारेमा अभिनेता निखिल उप्रेतीले पनि चलचित्र ‘रुद्र’ को पत्रकार भेटघाटमा आफुले फरक भुमिका निभाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए । साथै उनले दर्शकले आफ्नो ‘रुद्र’ को अहिलेको भुमिका पनि उत्तिकै मन पराउनेमा विश्वस्त रहेको बताएका छन् । चलचित्र निखिल, विश्व, साराको साथमा ज्याक श्रेष्ठ, रोय दिप, ध्रुब कोइराला, भाष्कर वली, अनिल पाण्डे लगायतको अभिनय रहेको छ । चलचित्रका रामशरण कोइराला सहायक निर्देशक हुन् ।

Advertisement