plus977
अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हीतमा कृयाशिल ब्यक्तित्व लक्ष्मी खरेल थापाको स्वर रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तीजकै भाखामा तयार पारीएको यो गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका हुन ।
क्यालिफोर्नियाको बे एरियामानै छायान्कन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्रका परीचित निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन भने डान्सको जिम्मा रीमा रे ले सम्हालेकी छीन् । सुरेशकै प्रोडक्सन हाउस mAyA ले प्रस्तुत गरेको यस भिडियोमा नेपाली चलचित्रकि चर्चित अभिनेत्री अशिश्मा नकर्मीले मोडलिङ गरेकी छीन् ।
बे एरियामा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ सन्चालित ‘धार्मिक महोत्शब ‘ को अवसरमा बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेलले यस गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो ।
सम्पूर्ण रुपमा बे एरियामा नै निर्माण गरिएको यस गीत र भिडियोले हरितालिका तीजमा देश बिदेशमा छरिएर रहेका नेपाली महिलाहरुलाई नचाउनेमा गायिका खरेल बीस्वस्त देखिन्छन । नवोदीत गायिका लक्ष्मी खरेल थापालाई साफलताको शुभकामना ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस् :