निर्देशक रमेश कोइराला निर्देशित चलचित्र ” लिला ” को ‘ साच्चैं बिशेष छौ..’ बोलको अडियो गित रिलिज भएको छ । उक्त गितमा चर्चित रचनाकार डा. कृष्णहरि बरालको शब्द रहेको छ भने सङीत बसन्त सापकोटाको रहेको छ । नायकले आफ्नि प्रेमिकाको तारिफ गरेको उक्त गितमा उदित नारायन झाको आवाज सुन्न पाईन्छ भने बुढा सुब्बा डिजिटलले सो गितलाई बजारमा ल्याएको हो । कमल राईको कोरियोग्राफिमा राज कटुवाल र पुर्ब मिस नेपाल मलिना जोशी माथि छायंकन गरिएको सो गितमा प्रेम र प्रेमिकाको खुलेर तारिफ गरिएको छ । रिलिज गरिएको अडियोको भिडियो भने आगामी असार १९ गते रिलिज गरिने जानकारी चलचित्रका निर्देशकले हामीलाई गराएका छन् ।
कृष्ण प्रसाद दङालको प्रस्तुती तथा लक्षमण बस्नेत र बिमला घिमिरे दङालको निर्माणमा तयार भएको चलचित्र ” लिला” का कार्यकारी निर्माता भने सि. पि. पौडेल रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र रमेश खड्का को संगित , कृष्णहरि बरालको शब्द , उदित नारायण झा , युवराज चौलागाइ , अन्जु पन्त , रेस्मा पुन , सचिन राइ आदिको गायन रहेको छ । कृष्ण कोइरालाको निर्माण संयोजन, शिब ढकालको छायंकन तथा अस्ट महर्जनको द्न्द रहेको चलचित्र “लिला” आगामी भाद्र ३० गते बाट चलचित्र भवनहरुमा प्रदर्शन हुदैछ । चलचित्र लिला मा मलिना जोशी, राज कटुवाल, सन्जिता लुटेल, धुर्ब कोइराला, मुकुन्द किशोर भट्टराइ, जे.एन. घिमिरे, यादब बैरागी, सि. पि. पौडेल, देबि राम पराजुली आदि कलाकारहरुको अभिनय रहेको छ ।
Listen Song:- Sachhai bisesa chhau…..