रामजी लामिछानेको निर्देशनमा निखिल उप्रेति प्रोडक्सन र बिश्वो प्रोडक्सनको सन्युक्त लागानीमा निर्माण भएको चलचित्र ” रुद्र ” को ‘तिमीमा हराए…’ बोलको गितको भिडियो सार्बजनिक भएको केहि दिनमा नै सो गितले चर्चा पाउन सुरु गरेको छ । बिश्वो शर्मा र साराको जोडीलाई निकै नै प्रेम भावमा प्रस्तुत गरिएको उक्त गितमा नेपालको हिमाली सुन्दराता लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश सुनामको संगितमा रहेको यो गितमा कृष्ण काफ्ले र मिना निरौलाको सुमधुर स्वर रहेको छ भने सौरभ लामाले चलचित्रको छायंकन गरेका हुन् ।
निखिल उप्रेतिलाई पुर्ण रुपमा एक्सन भुमिकामा प्रस्तुत गरिएको रुद्रमा प्रचार सामाग्रिहरु हेर्दा बिश्वो र साराको मायामा निखिल खलनायकको रुपमा देखिएको आभाष हुन्छ । चलचित्र ” रुद्र ”मा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे आदी को अभिनय रहेकोछ । चलचित्रको निर्माता भने कल्पना कुमारी कटुवाल र भक्त प्रसाद शर्मा रहेका छन् । निखिललाई चलचित्रमा एक्सन भने हिमाल के.सि. ले गराएका छन् । चलचित्र ” रुद्र ” को श्रावण १३ गतेलाई प्रदर्शन मिति पक्का भैसकेको छ ।
Watch the song:-
https://www.youtube.com/watch?v=tZp7Dmfetbc