पछील्लो समय नेपाली हास्य क्षेत्रमा नाम कमाउन सफल कलाकार हुन् यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) । बिभिन्न हास्य टेलिश्रृंखलाहरुमा यी दुईले दर्शकहरुको मन जितिरहेका छन । यसै बीच यि दुईको निर्देशनमा कमेडि हास्य टेलीश्रृंखला “गुलेली” आउने भएको छ । तुल्सी मिडिया प्रा.लीबाट प्रस्तुत हुन लागेको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) ले निर्देशन गर्न लागेका हुन् ।
Promo:
प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ । चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत, मधु आचार्य, भुमिका तिमल्सिना, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,जय कुमार थापा र बिरक खड्काको राम्रो अभिनय रहेको छ ।