Celebrities Entertainment Movies

रिचाको “आधा लभ”

977online

नेपाली चलचित्र उद्द्योगमा राम्रो अभिनय गर्ने नायिकाको रुपमा चिनिन्छ, नायिका रिचा शर्मालाई | थुप्प्रै म्युजिक भिडियोहरु  र चलचित्रमा अभिनय गरिसकेकी नायिका शर्माले पछील्लो समय एउटा चलचित्रको निर्माण गरेकी छन, “आधा लभ”| रिचा शर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र “आधा लभ” लाई कलाकार तथा निर्देशक अर्पण थापाले लेखन तथा निर्देशन गरेका छन |
हामीले हाम्रो युटुब च्यानलको कार्य्रक्रम ” जय होस् ” कालागि  रिचा सँग भलाकुसारी गरेका छौ । केटाकेटी अवस्थामा आफु निकै चक्चके भएको बताउने रिचा, स्कुलमा होमवोर्क नगरेर धेरै पटक हेडसरको रामधुलाई खाएको बताउदै आफ्नो बाल्यकालमा निकै मस्ती गरेको बताउछिन |  धेरै पटक म्युजिक भिडियोको शूटिन्ङको लागि कलेजको पढाईनै छोडेर गएको अनुभव पनि छ रिचासँग |  कलाकारिताको पाइला अगाडि बढाउनु भन्दा पहिला सबै  कुराहरु सिकेर आउनु पर्ने सुझाब  दिने  रिचाले  फ्रान्सबाट अभिनयको शिक्षा  लिएर मात्र आफु चलचित्र उद्द्योगमा प्रबेश गरेको कुरा पनि 977online सँग को कुराकानीको क्रममा खुलासा गरेकी छन |

9770nline.com
Arpan Thapa & Reecha Sharma

आगामी जेष्ठ २६ गते प्रदर्शनमा आउन लागेको चलचित्र आधा लभ मा रिचाको अलावा मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, रेमोन दाश श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रको निर्माणमा हाइलाइटस् नेपालले रिचालाई सघाएकोछ |

Advertisement