Celebrities Entertainment Movies News

EXCLUSIVE: SHOCKING NEWS ! निर्देशक निलु डोल्मा शेर्पाको हार्ट अट्ट्याकका कारण निधन !

977online

चलचित्र ” हाउ फन्नी ” कि निर्देशक निलु डोल्मा शेर्पाको आज बिहान हार्ट अट्ट्यक्कका कारण मृत्‍यु भएको छ । लामो समय देखी अस्वथ रहदै आएकी निलु हिजो मात्रै नायिका निशा अधिकारीको बिहेमा निकै रमाइलो मुडमा देखिएकी थिइन । बिरामी भएका कारण लगातार औषधी खाइरहेकी निलुको अचानक मृत्‍युको कारण भने खुल्न सकेको छैन । निलुको शब  हाल काठमाडौंको टिचिङ हस्पिटलमा राखिएको छ ।

युवा पुस्ताकि आशालाग्दी निर्देशक निलु फिल्म जगतमा निकै पपुलर थिइन , चर्चित सेलिब्रेटीहरु माल्भिका सुब्बा , प्रियान्का कार्की लगायत उनका बेस्ट फ्रेन्ड हुन । समलिङीहरुको कथामा बनेको फिल्म ” सुनगाभा ” कि मुख्य सहायक निर्देशक समेत रहेकी निलु बिन्दास र हक्की स्वभाव कि मानिन्थिइन । उनको आसामयिक निधनलाई लिएर  बिभिन्न अड्कलबाजीहरु गरिएका छन । निलु पछील्लो केही समयदेखी निकटस्स्थ मान्छेसँगको खटपटका कारण केही मात्रामा चिन्तामा रहेको दाबी समेत उनका केही साथीहरुले गरेका छन । 977onlineनिलुले आफुलाई सगौरब लेसबियन बताउदै आएकी थिइन । नायिका प्रियन्का कार्कीसँग निकै नजिक मानिएकी निलुको मृत्‍युको समय प्रियन्का भने एक कार्य्रक्रमका लागि अमेरिकामा छिन् ।

नेपाली सिनेमाले एक होनाहार कलाकर्मि गुमाएको दु:खद क्षणमा उनको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तब्ध परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ ।

 

निलु द्वारा अभिनीत फिल्म ” पुन्टे परेड ” को गीत :

Advertisement