घाटीको क्यान्सरबाट पीडित कलाकार दिपक क्षेत्रीको ऊपचार जारी रहेकोछ । हाल उनको काठमाडौं हरिसिद्धीमा अवस्थित नेपाल क्यान्सर हस्पिटल्मा दैनिक ऊपचार भईरहेकोछ । उनको रेडियोथेरापी गत जेष्ठ २ गते बाट शुरु गरिएको जानकारी दिपक कि श्रीमती बिपना बस्नेत ले दिनुभएकोछ । जम्मा २५ पटक दिनु पर्ने रेडियोथेरापी हप्तामा ५ पटक दिइदैछ ।
बिगत ४ बर्ष देखी स्वरको समस्याबाट ग्रसित कलाकार क्षेत्रीको आर्थिक अभाबका कारण उपचार हुन सकेको थिएन । केही संचार माध्यममा दीपकको कारुणिक अन्तर्वाता प्रसारण भएपछी बिश्वभर छारिएर रहेका नेपालीहरुले रकम जम्मा गरेका थिए ।