National News

नेकपा (एकीकृत समाजवादी) दर्ता

नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो ।

आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । 

एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने दिल्ली दूतावासमार्फत् सनाखत पठाएका हुन् । आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै आएपछि उनको सनाखतलाई पनि मान्यता दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

Advertisement