News World

अमेरिकामा पानीभन्दा पनि सस्तो भयो तेल !

977online

अमेरिका । यो महिना अमेरिकामा गाडी चलाउनेका ग्याँस (तेल) को मूल्य तल झर्दै गरेकाले उपभोक्ताका लागि सुखद रहने देखिएको छ ।

अमेरिकामा गर्मी महिनामा सडक यात्रा गर्नेको संख्या वढ्छ । यसले गर्दा प्रायः समरको समयमा ग्याँसको मूल्य उकालो लाग्नेगर्छ । तर, जुन २ यता ग्याँसको मूल्य लगातार घटीरहेको यससम्बन्धि तथ्यांक राख्ने एएएले जनाएको छ ।

अमेरिकामा सामान्य स्टोरहरूमा एक ग्यालन पिउनेपानीको झण्डै दुइ डलर पर्छ । तर ग्याँस (पेट्रोल) को मूल्य अहिले लगातार घटेर पानीको भन्दा पनि सस्तो भएको छ ।

ग्याँसको थोक मूल्यका आधारमा पनि महिना दिन यता ग्याँसको मूल्य तलनै रहन सक्ने एएएले जनाएको छ । गर्मी महिनामा अमेरिकामा प्राय स्कूल कलेज बन्द रहन्छन । तर, यसवेला पारिवारिक घुमफिर वढ्छ ।

केही प्रमुख तेल उत्पादक देशको संगठन ओपेकले हालै गरेका निर्णयले तेलको मूल्य प्रति व्यारल ६५ देखि ७५ अमेरिकी डलर विचमा रहने अनुमान गरिएको थियो । तर, अहिले यो मूल्य प्रति ब्यारल ५० अमेरिकी डलरभन्दा कम छ ।

मंगलवार अमेरिकामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ४३ डलर २३ सेण्टमा झरेको छ । अहिले अमेरिकामा सवैभन्दा सस्तो तेल साउथ क्यारिलोनामा छ । त्यहाँका ग्याँस स्टेशनले प्रति ग्यालन १ डलर ९६ मा तेल विक्री गरेका छन् । अक्लोहमा, अलबामा र मिसिसिपीमा तेलको मूल्य प्रति ग्यालन २ डलर भन्दा कम छ ।

टेक्ससमा बुधबार शेल, भलेरो, सेभ्रोन, क्रोगर लगायतका ग्याँस स्टेशनहरूले दुइ डलरभन्दा कम मूल्यमा ग्याँस बिक्री गरेका छन् ।

Advertisement