News World

एनआरएन अमेरिकाको नतिजा सार्वजनिक, डा पौडेल बिजयी !

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन परिणामलाई निर्वाचन समितिले आधिकारिक रूपमा घोषणा गरेको छ। खसअघिनै सार्वजनिक भएको मतपरिणामलाई सद्दर मान्दै निर्वाचन एनआरएन अमेरिकाले विजयी हुने उम्मेद्वारको सूची सार्वजनिक गरेको हो।

सन् २०१७-२०१९ कार्यकालका लागि फेरि डा. केशव पौडेलको नेतृत्वमा नयाँ टिम निर्वाचित भएको छ।

नतिजा अनुसार डाक्टर केशव पौडेल अध्यक्षमा विजयी भएका छन्। डा. पौडेलले ४२२९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी रबिना थापाले ३०८५ ल्याएकी छिन्। अध्यक्ष पदका अन्य दुई उम्मेद्वारहरु मध्य टेक्सासका राम पोख्रेलको जम्मा ९६४ मत खसेको छ भने कृष्ण पोख्रेललाई ७८३ मत मात्र खसेको छ।

बरिष्ट उपाध्यक्षमा टेक्सासका सुनिल शाहले ४१४५ मत प्राप्त गर्दै विजय प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी टेम्बा शेर्पा लामाले जम्मा ३२४१ मत प्राप्त गरेका छन्।

महासचिव पदमा बीआर लामाले २५९३ मत ल्याएर विजय प्राप्त गरेका छन् भने सचिवमा होमनाथ गौतमले २७१५ मत ल्याउदै विजय प्राप्त गरेका छन्।

कोषाध्यक्षमा डाक्टर प्रकाश अर्यालले २८२१ मत प्राप्त गर्दै आफ्नो विजय सुरक्षित पारेका छन् भने सहकोषाध्यक्षमा पवन योन्जनले ५०८५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेलले ४२९० मत, रामकुमार सुबेदी २८५१, जेदु पोख्रेलले ४०४६, उमा कार्की थापाले ४१८४ ,

महिला संयोजकमा इन्दिरा त्रिपाठी ४२२८ मत ल्याएर विजयी भएकी छिन्।

कार्य समिति सदस्यहरूमा डाक्टर अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेंद्र राज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्। विजयी सदस्यहरूमा डाक्टर अर्जुन बन्जाडेले ५८११ मत ल्याउदै सबै भन्दा बढी मत प्राप्त गर्ने सदस्य भएका छन् भने त्यस पछि कृष्ण लामिछानेले ४५०४ मत प्राप्त गरेका छन्।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिश्नुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापाले विजय प्राप्त गरेका छन्। गोमा सेनले सबै भन्दा बढी मत ६४३० प्राप्त गरेकी छिन्।

Advertisement