अमेरिकाका पूर्वी राज्यका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न गरी एन आर एनए अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा जुलाई ३० मा सान फ्रान्सिस्को आउँदैछिन ।
लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र कनेक्टिकटका नेपाली समुदाय तथा अन्य संघ(संस्थाका प्रतिनिधिहरु संघ भेटघाट लगायत कार्यक्रम सम्पन्न गरी उनी अमेरिकाका पश्चिमी शहरहरुमा आफ्नो चुनाबी अभियान केन्द्रित गर्दैछिन ।
यसै क्रममा थापाको टिम प्रचार र भेटघाटलार्इ तिब्रता दिनको लागि जुलाई ३० मा सान फ्रान्सिस्कोमा चुनावी कार्यक्रमको आयोजना गरिन लागेको कार्यक्रम आयोजकहरुकी संयोजक कल्पना रानाभाटले बताइन्। कार्यक्रम भब्य बनाउन कल्पना रानाभाटको संयोजकत्वमा १३ सदस्य आयोजक समिति नै गठन गरिएको छ।
हाल उपाधक्ष्य का रुपमा कार्यरत रबिना अधक्ष्यकि प्रमुख दावेदार मानिन्छिन ।