News World

को होला त नासाको अध्यक्ष ? माधव ढकाल कि शिव बिष्ट !

977ONLINE

अमेरिकाको दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा समाजसेवी माधव ढकाल र हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।

माधव ढकाल
पेशाले बेङ्कर अनि व्यवसायी | म पहिलो पुस्ताको नेपाली प्रवासी | दुइ दशक अघि अमेरिका आएर मैले गर्न सकेका क्रियाकलापहरुलाइ म उपलब्धि नै मान्दछु | दुइटा सुटकेश र गोजीमा $ १,००० लिएर यो मुलुकमा आएर येति गर्न सकें, आफैलाई भाग्यामानी मान्दछु | म चाहन्छु सबैले कम्तिमा म जति गर्न सकुन | त्यहि मेरो अभिलाषा पुरा गर्न म आबद्ध हुन चाहन्छु NASeA मा |
समाजलाइ दुइटा “स” ले जोड्न सकिन्छ – संस्कृति र समृद्धि | संस्कृतिले जोड्ने काम त भैरहेको छ, सबैले गरिरका छन् | म तेसका साथै त्यो भन्दा माथि उठेर समृद्धिले समाज जोड्न चाहन्छु | येत्रो वर्ष वित्तिय क्षेत्र मा काम गरको अनुभवलाई म सबैको समृद्धिका लागि उपयोग गर्न चाहन्छु | यो अवसरको मुलुकमा अथाहा अवसर हुदा हुदै पनि हामी पछि परिरहेका छौं | मित्रराष्ट्रका मान्छेहरुको उपलब्धि लै देख्दा त डाहा नै लागेर आउँछ | उनीहरुले गर्न सक्ने हामीले नसक्ने तेस्तो पनि हुन्छ र ? कदापि हुदैन | हामी झन् मेहनती छौं, झन् बढी उत्तरदायी छौं | कति अरुलाइ मात्र समृद्ध बनाउने अब बेला आयो हामीले बन्ने | म चाहन्छु हाम्रो एकता आर्थिक समृद्धिका लागि | समाजको उत्थानका लागि | सानो उदाहरण Venture Capital मा गएर सानो सानो पुजी एकत्र गरेर हामी आफ्नै विभिन्न व्यवसाय गर्न सक्छौ | उत्तरदायित्व र लगनशिलता हाम्रो रगत मै छ | अरुका लागि मरिमेट्ने हामी आफ्नालागि झन् कति गर्न सक्छौं | यो सोचले नै मलाई तरंगित बनाउँछ | तेही कडी अन्तर्गतको मेरो उमेद्वारी NASeA मा |
एजेन्डा:
संस्थामा देखिएको राजनीतिक प्रभाव अन्त्य गर्ने, नयाँपुस्तामा नासाको आकर्षण बढाउने, सस्थामा अवद्ध सदस्यहरुको आर्थीक समाजीक विकासका लागी विशेष कार्यक्रम लागु गर्ने,कम्यूनीटि सेन्टर निर्माणको कामलाइ तिव्रता दिने, नेपाली पाठशाला विस्तार गर्ने र नेपाली कलासाहित्यको प्रवर्धनमा विशेष योजना लागु गर्ने आदी ।

शिव बिष्ट :

977online
एजेन्डा:

संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरुलाई एकत्रित गरी विविध सामाजिक कार्यक्रमहरु सन्चालन गर्ने, नासाको सम्पर्क कार्यलय ६ महिना भित्र स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपालीहरुको पीरमर्कालाई राहत दिनका दिनका लागि निर्वाचित भएको ६ महिनाभित्र आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, नेपाली भाषा, कला र सस्कृतिको प्रवर्धनका लागि हरेक बर्ष नेपाल फेस्टिवल संचालन गर्ने, विभिन्न राज्यहरुमा कम्यूनीटि सेन्टर स्थापनाका लागि पहल गर्ने, नेपालको पर्यटन पर्वद्धनका लागि अमेरिकामा नेपालको स्थानीय विषय वस्तुहरुको प्रचारप्रसार गर्ने आदी ।

Advertisement