National News World

बाना अध्यक्षमा श्रीमती अनुशिया वन्त

977online

बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को निर्वाचन हालै सम्पन्न भएको छ। निर्वाचनबाट अध्यक्षमा श्रीमती अनुशिया वन्त र बरिष्ठ उपाध्यक्षमा श्री सुबोध विलास पन्त बिजयी भएका छन्।

अन्य पदहरुमा निर्वाचन सम्पन्न हुनु पहिल्यै सर्बसम्मत भइसकेको थियो। सर्बसम्मत हुनेहरुमा उपाध्यक्षमा जनक पौडेल, महासचिवमा संदेश खडका, सचिवमा हिरालाल गुरुङ, कोषाध्यक्षमा लक्ष्मी भारती, आई.टी. डाईरेक्टरमा चिरन्जीवी अमगाई, मेम्बरशिप  डाईरेक्टरमा सागर घिमिरे हरेक छन। त्यस्तै सदस्यहरुमा सुरेश दर्पण पोखेरल, राजु पराजुली, सन्तोष पौडेल, अरुण श्रेष्ठ, बिष्णु श्रेष्ठ, हिराबहादुर खत्री र रघुनाथ भट्टराई रहेका छन् ।977online

धर्म बिश्वकर्मा संयोजक रहेको पदम पुन, किरण पन्थ, मंगल महर्जन र रामकृष्ण भट्टराई सम्मिलित ५ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो।

बिजयी अध्यक्ष श्रीमती अध्यक्ष अनुशिया वन्त लगायत सम्पुर्ण बानाका नव निर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई पुर्ण सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

Advertisement