- सागर श्रेष्ठ, सानफ्रन्सिस्को, क्यलिफोर्निया
समुदायका सबैजना एकैठाउमा भेला भएर चाडबाड मनाउने, सरल अनी सभ्य रुपमा मिलनसार प्रवृतीको सस्कार र सन्देश दिने तमाङहरु अनुकरणिय समुदायको रुपमा परिचित छ।तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छ, बिशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन। ल्होसार मनाउने समुदायमा ल्हो भन्नाले बर्षहरु जनाउछ सार वा छार भन्नाले नयाँ भन्ने बुझिन्छ। तामाङले मनाउने ल्होछारलाई सोनाम ल्होछार, गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, शेर्पा र भोटेजाती लगयतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ।
तामाङ कोअपरेसन सोसाइटी अफ क्यालीफोर्नियाले ल्होछार सान्स्कृतिक साँझको भब्य तयारी गर्दैछ। चर्चित दि एन्जल्स ब्याण्डका गायक तथा गीटारिस्ट राजु लामा र नायिका पूजा चन्द लामा बिषेश प्रस्तुतीका साथमा स्थानिय कलाकारहरुको गायन, नृत्यको प्रस्तुती पनि रहनेछ। संस्थाका अध्यक्ष प्रेम लामा र सिङगो टिमले प्रबासमा रहेर भाषा, सस्कृती र परम्परालाई निरन्तरता दिन पाउदा गौरब महसुस गरेको र सम्पूर्ण बे एरियाबासी आम जनसमुदायलाई उपस्थिती भएर कार्यक्रमलाई भब्य सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुराेध गर्नु भएको छ।
कार्यक्रम हुने स्थान : 850 Judha Street
San Francisco, 94123
समय : साँझ ६ बजे देखी राती १२ बजे सम्म
मिती : जनवरी २५, २०२०
प्रबेश सुल्क २५ डलर