लामो समयको अनिस्चिततालाई चिर्दै एन आर एन ए अमेरिकाको निर्वाचन सुनिस्चित भएको छ । अन्ततः एनआरएनए अमेरिका अध्यक्षका लागि पाँच जनाले दाबेदारी पेश गर्दै मनोनयन दर्ता गरेका छन् । बर्तमान अधक्ष्य डा केशब पौडेल , गौरी जोशी , कृष्ण पोखरेल, रविना थापा र राम सी पोखरेल अधक्ष्य को प्रत्यासी बनेका हुन ।
यसै बीच अधक्ष्यका प्रत्यासी मध्यका एक गौरी जोशीले आफ्नो प्यानल सहित चुनावमा भिड्ने भएका छन ।
गौरी जोशीको प्यानल
अधक्ष्य – गौरी जोशी
तेम्बा शेर्प – बरीस्ट उपाधक्ष्य
उमा कार्की थापा – उपाधक्ष्य
सन्जीव श्रेष्ठ – उपाधक्ष्य
पुरुशोत्तम बोहरा – उपाधक्ष्य
भुवन आचार्य – उपाधक्ष्य
पूर्ण चन्द्र बानिया – महासचिब
रेवती राज अधिकारि – सचिब
सतेन्द्र शाह – कोशाधक्ष्य
बिश्वोमान आङ्दाम्बे – सह कोशाधक्ष्य
स्वाराज खाती – युथ सम्योजक
लक्ष्मी खरेल थापा – महिला सम्योजक
महासचिबमा पूर्ण बानिया निर्बिकल्प !
हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका समाजसेवी पूर्ण बानियाले आगामी निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै बानियाको पक्षमा माहोल बनिरहेको छ । लामो समय देखी बिभिन्न सामाजिक कार्यहरुमा सक्रीयता जनाउदै आउनुभएका बानिया नेपाली समुदाय माझ निकै लोकप्रिय मानिनुहुन्छ । ” मैले सके जती नेपाली समुदायको हक हीतका लागि गर्दै अाइनैरहेकोछु , मलाई विश्वाश छ अमेरिकाबासी नेपालीहरुले यसको उचित मुल्याङ्कन गरी मलाई बिजयी गराउनुहुनेछ “, बानियाको कथन छ ।