नेपाली लोक गीत संगीतकि चर्चित गायिका संगीता थापामगर यती बेला अमेरिकामा छिन् । संगीताका श्रीमान लोक संगीतकर्मी सि पि मगर भने कोरियामा छन । बिदेशको भुमिमा भए पनि यि दुई दम्पतीले नेपाली लोक गीत संगीतलाई भुलेका छैनन । संगीता अमेरिकाको न्यु योर्कमा अवस्थित चौतारी रेस्टुरन्टमा गायन मै सक्रीए छिन् भने सि पि कोरियामै बसेर म्युजिक कम्पनी ” लाफा म्युजिक ” मार्फत नेपाली गीत संगीतको श्रीब्रिद्दीमा लागिरहेका छन ।
यसै बीच सि पि – संगीताको संयुक्त प्रस्तुतीमा मर्मस्पर्सी गीत ” आँखैले खोज्यो तिमीलाई ” को म्युजिक भिडियो सार्वजनिक गरिएकोछ । न्यु योर्कका बिभिन्न रमणिय स्थानहरुमा छायान्कन गरिएको यो भिडियोमा संगीता आँफैले मोडलिङ गरेकि छिन् भने उनलाई साथ दिएका छन, संचारकर्मी तथा मोडेल सुर्य थापाले । न्युयोर्क बाटै सन्चालित WHITE हिमाल TV मा आबद्ध सुर्यले यस अघी श्रेयाशी चेम्जोङको चर्चित गीत ” सधैं तिमीलाई विश्वाश गरे ” मा समेत शशक्त अभिनय गरिसकेका छन । https://www.youtube.com/watch?v=BpIHGaSdphg
लाफा म्युजिकले बजारमा ल्याएको संगीता -सि पि को गीत ” आँखैले खोज्यो तिमीलाई” मा सि पि मगर को शब्द , लय एवम संगीता- सि पि को स्वर रहेकोछ । भिडियोलाई माया आर्ट्सले निर्माण गरेको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् : https://www.youtube.com/watch?v=ItcT7eMI-aw