Blog National News Science

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा माउण्ट एभरेष्ट (एमई) ग्रुपको औपचारिक उद्घाटन

977online

बहुराष्ट्रिय कम्पनी माउण्ट एभरेष्ट (एमई) ग्रुपको औपचारिक उद्घाटन राजधानीको अन्ननपूर्ण होटेलमा एक विशेष समारोहका साथ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सोही अवसरमा यसै ग्रुपको भगिनी संस्था एमई ट्राभल एण्ड टुर्सको कार्यालय तथा व्यवसायको समेत आधिकारिक उद्घाटन गरियो । “अहिले नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने“ भने विचारका साथ महानायक तथा ग्रुपका संरक्षक राजेश हमालले कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माउण्ट एभरेष्ट ग्रुपका अध्यक्ष कमल अधिकारीले एमई ग्रुप स्थापना गर्नुको उद्देश्य र यसको कार्ययोजनाको बारेमा प्रकाश पार्नुभयो । “नेपालको नयाँ अन्तर्राष्ट्रिय छवि बनाउन एक्काइसौं शताब्दीको यो परिवर्तित समयमा नेपालमै केन्द्रीय कार्यालय बनाएर नेपालीहरुले नै एक प्रभावशाली बहुराष्ट्रिय कम्पनी खडा गर्नु हामी सबैको सबैभन्दा ठूलो आवश्यकता हो । आफ्नो देशका लागि केही गरौँ भन्ने सबै उद्यमीहरुले विदेशमा बसेर आर्जन गरेको सीप, साधन र स्रोतलाई यो उद्देश्य प्राप्तिका लागि केन्द्रित गर्न एमई ग्रुपले एक अभियान नै चलाउने छ,” अध्यक्ष अधिकारीले भन्नुभयो । अध्यक्ष अधिकारी लामो समयदेखि फ्रान्समा बसोबास गरिरहनु भएका एक सफल उद्यमी हुनुहुन्छ.
ME GROUP  को बजार बेबस्थापक श्री जगदीश अधिकारी  ले प्रस्ट पर्दै भन्नु भयो ,  ME GROUP ले देश प्रेमको भावाना राखी देशको आर्थिक समुन्नतिको लागि समर्पित हुने र इमान्दारिताका साथ राष्ट्रको चौतर्फी बिकाशमा योगदान पुर्याउने छ र यो संस्थाले अरु लाई पनि प्रेरणा दिने छ भन्ने अपेक्षा रख्येको छु .आज तिन प्रकार का कार्यालय तथा व्यवसायहरुको एक मुस्ट रुपमा उद्घाटन  भएकोमा म खुसि ब्यक्त गर्न चाहन्छु  ।977 online
कार्यक्रममा सिंचाई तथा जलस्रोत मन्त्री दीपक गिरीले कम्पनीको सफलताको कामना गर्नुभयो । यो उद्घाटन कार्यक्रमको सभापतित्व नेपाल सरकार, मन्त्रीपरिषदका भूतपूर्व अध्यक्ष खिलराज रेग्मीले गर्नुभएको थियो ।
माउण्ट एभरेष्ट ग्रुप नेपालकै पहिलो सशक्त बहुराष्ट्रिय कम्पनी बन्ने उद्देश्य बोकेर निजी क्षेत्रबाट स्थापना गरिएको कम्पनी हो । यसको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ । नेपालीले नेपालमै भन्ने नारासहित शुरुवात भएको यो कम्पनीले विशेष गरी पर्यटन, होटेल÷रेस्टुरेन्ट, कृषि, शिक्षा र सुपरमार्केट लगायतका क्षेत्रहरुमा स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपालीहरुको संयुक्त लगानी गर्नेछ ।
नेपालसहित एसियाका अरु देशहरु युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत विशेष गरी विश्वका उच्च औद्योगिक तथा आर्थिक वृद्धि भएका जी–८ अन्तर्गतका मुलुकहरुमा कम्पनीको व्यवसाय विस्तार गरिने छ । विभिन्न जी–८ मुलुकहरुमा व्यवसाय बढाइसक्दा कम्पनीको सामूहिक लगानी ठूलो हुनेछ ।977online

Advertisement