प्रमिता ढकाल / चितवन, गुरुड्ड भाषाको चलचित्र ‘मैरिमो’ नेपालमा पहिलो पटक चितवनमा प्रदर्शन गरीने भएको छ । आदिवासी चलचित्र महोत्सव २०१७ मा उत्कृष्ट पांचमा मनोनित चलचित्र यही साउन २९ र ३० गते चितवनमा प्रदर्शन गरीने भएको हो । तमु प्ये ल्हु संघको अग्रसरतामा चितवनमा चलचित्रको च्यारीटी शो गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । अधिकांश आदिवासी समुदायले बनाएका चलचित्र आफ्नै समुदायका व्यक्तिले माया गरेर टिकट काटिदिने परम्पराको अन्त्य गर्दै सबैको लागि चलचित्र बनाउन जमर्को गरेको चलचित्र निर्देशक भोजबहादुर गुरुड्डले जानकारी दिए । भाषाकै कारण टिकट विक्री नहुने र विक्री भएपनि चलचित्र हेर्नका लागि नजाने परिपाटी अन्त्य गर्न आवश्यक रहेको उनको भनाई छ ।
गुरुड्ड समुदायकै पुस्ताले समेत आफ्नो भाषा नबुझ्ने हुंदा चलचित्रलाई सबैले बुझ्ने बनाउन नेपाली सबटाइटल राखिएको चलचित्र निर्देशक गुरुड्डले बताए । मुनाल फिल्म्स प्राइभेट लिमिटेडको व्यानरमा २० लाखको लगानीमा चलचित्र तयार गरीएको उनले बताए । दमन घले,प्रेम गुरुड्ड,सपना गुरुड्ड,शेशुवा गुरुड्ड,अमिर गुरुड्ड,गजेन्द्य्र गुरुड्डको मुख्य अभिनय रहेको चलचित्रका निर्माण नियन्त्रक बालकाशी गुरुड्ड रहेकाछन् । केयर सिंह गुरुड्डको कथा र रोशन गुरुड्डको पटकथा रहेको चलचित्र प्रेम गुरुड्ड र सपना गुरुड्डको निर्माण गरेकाहुन् । लमजुंगको शैलुंगमा छायांकन गरीएको चलचित्रमा आश गुरुड्ड,प्रेम गुरुड्ड र अमिर गुरुड्डको शब्दमा ३ वटा गित समावेश गरीएको छ जसमा तेजेन्द्र गुरुड्डले संगित भरेका छन् । चलचित्रका कलाकारलाई नृत्यनिर्देशक नेत्र गुरुड्डले नचाएकाछन् । यस अघि अमेरीकाको न्यूर्योक र यूरोपका केही शहरमा प्रदर्शन गरीएको चलचित्र चितवन पछि पोखरा प्रदर्शन गर्ने तयारी भएको उनले बताए ।
आदीबासी समुदायको चलचित्र भन्दै सबै प्रकारका चलचित्रको टिकट काट्न बाध्य समुदायलाई केही गुणस्तर पस्कन कोशिश गरीएको कलाकार समेत रहेका अमिर गुरुड्डले बताए । तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुड्ड , उपाध्यक्ष तुलाराम गुरुड्डले भाषाको विकासका लागि पनि चलचित्र हेर्न जरुरी रहेको भन्दै सबैलाई आग्रह गरेका छन् । २९ गते जलमा हलमा शुभेच्छुकहरुले आफुले चाहे अनुसार एक हजार र सो भन्दा माथी सहयोग रकम तिरेर चलचित्र हेर्न सक्ने संस्थाका विक्रम तमुले जानकारी दिएका छन् । यस्तै ३० गते गणेश चलचित्र हलमा २ सय ५० र ५ सय को टिकट काटेर बिहान ९ र १२ बजेको शो सर्वसाधारणले चलचित्र हेर्न सक्ने उनले बताए । नेपालमा गुरुड्ड भाषको चलचित्र २०५२ साल देखि निर्माण हुन थालेको पाइन्छ । गुरुड्ड फिल्म एशोसिएसन जिफान अन्तर्गत हालसम्म एक सय १५ वटा चलचित्र बनिसकेका छन् ।