Blog Entertainment Movies Music

चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन

977online

काठमाडौँ, ५ वैशाख ।

चलचित्रकर्मीलगायत बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई आज ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ । शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस्थासमेतले उहाँको अभिनन्दन गरेका थिए । अभिनन्दनका साथ उहाँलाई ताम्रापत्र र रु तीन लाख प्रदान गरियो ।

चलचित्र, सङ्गीत तथा कविता, गीत, गजल, मुक्तक उपन्यासलगायत भाषा–साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिएको सम्मान समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहित साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखिसक्नुभएको छ । उनासीवर्षीय कार्की शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनिसक्नुभएको छ । ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता चलचित्रमा उहाँको निर्देशनका साथै संवाद, पटकथा र गीत पनि छन् । यस्तै उहाँले टेलिभिजन शृङ्खला ‘मनको आँखा’ पनि निर्देशन गर्नुभएको छ ।977online

विसं २०१७ देखि नै रङ्गमञ्चमा प्रवेश गर्नुभएका उहाँले ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’सहितका चलचित्रमा संवाद लेख्नुभएको छ । विसं २०२२ मा चलचित्र ‘विश्वास’बाट निर्देशन सुरु गुर्नभएका उहाँले सयौँ गीत पनि लेख्नुभएको छ । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको उन्नति र विकासका लागि संस्कृतिकर्मीको ठूलो भूमिका रहे पनि सरकारले त्यप्रति चासो नदेखाएकोमा चिन्ता व्यक्त गर्दै विद्यालयस्तरको पाठ्यक्रममा नै सङ्गीत समावेश गरी अध्ययनअध्यापन गर्नुपर्नेमा जोड दिनुभयो । अभिनन्दनपछि कार्कीले आफ्ना रचना वाचन गर्नुभएको थियो । रासस

Advertisement