आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक किर्ति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो।
कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नगरपालिका प्रमुख हुनुहुन्थ्याे।किर्तिभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । साे अवसरमा केन्द्रले सिक्किम साहित्य परिषदका सचिव साहित्यकार,पत्रकार नारद प्रसाद निराैला तथा नेपालका साहित्यकार श्री कृष्णप्रसाद पाैडेललाई संमान पत्र,खादा ,माला ,दोसल्लाले संमान गर्याे।
कार्यक्रममा पुर्व क्षेत्रीय प्रशाशक टिकाराम रेग्मी,त्रीफला पुस्तकालयका संयाेजक,नगरपालिकाका विशिष्ट व्यत्तीत्व साहित्य प्रेमी विध्याथीहरूकाे उपस्थिति थियाे । नगरप्रमुखले आसा प्रज्ञान केन्द्रलाई पुस्तकालयका निम्लाति नगरकाे नव निर्मित भवनकाे दुई काेठा दिने प्रतिबद्वतन जनाउनु भयाे।
कार्यक्रम सफल पार्न “सिमा बिहिन सहयोगी हातहरु” लाई भुमिका प्रदान गरिएकोमा सस्थाको प्रतिनिधिले धन्यवाद दिनु भयो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा निरन्तर सहयोग हुने प्रतिबद्द्ता व्यक्त गर्नु भयो।
सिमा बिहिन सहयोगी हातहरु क्यानडाका निर्देशनक तथा कोर्डिनेटर श्री अञ्जनि राज भट्टराईले संस्था क्यानडा बेस भएता पनि सस्थाको मुख्य कार्यक्षेत्र नेपाल नै भएको र आगामी दिनमा सस्थाले शिक्षा, साहित्य, सस्कृती, पर्यटन, स्वास्थ, बाताबरण,जेष्ठ नागरिक महिला तथा बालबालिका आदिको क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो।