Blog Celebrities Entertainment

बधाई छ,चार चलचित्रकर्मिलाई !

977online.com

नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिंदै आएका चार जना चलचित्रकर्मिहरुले यो पटकको ‘छायाँछबी डि सिने अवार्ड-०७४’ बाट सम्मान थाप्ने भएका छन् । आगामी २२ असारमा हेटौंडाको ओम म्याक्स सिनेमा हलमा आयोजना हुने ‘नवौं डि सिने अवार्ड–२०७४’ मा बरिष्ठ सँगीतकार / गायक शम्भुजीत बाँसकोटा, अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राना र चलचित्र पत्रकार / निर्देशक लक्ष्मण सुबेदी लाई सम्मान गर्न लागिएको जानकारी आयोजक संस्थाका प्रमुख शान्तिप्रियले गराएका छन् ।

977online.comअवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट चार दशक भन्दा लामो समय देखि सँगीत श्रृजनामा लागेर चलचित्र लगायत सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान दिएको भन्दै बरिष्ठ सँगीतकार / गायक शम्भुजीत बासकोटा लाई सम्मान गरिने भएको छ । बासकोटा करिब तीन सय जति चलचित्रमा संगीतकार, चार हजार भन्दा बढी गीतका संगित सर्जक, गायक र गीतकार हुन् । चलचित्र विकाश बोर्ड र नेपाल टेलिभजिनका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् । 977online.com              त्यसैगरी ‘छायाँ छबी चलचित्रकर्मी रजत सम्मान’ पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई प्रदान गरिने भएको छ ।  तीन दशक भन्दा लामो समय देखि नेपाली चलचित्रबृत्तमा  क्रियाशिल यी  दुबैले अभिनेता अभिनेत्रीका रुपमा चलचित्र ‘ बिजय पराजय’ बाट अभिनययात्रा शुरु गरेका थिए । 977online.com

त्यस्तै डेढ दशक देखि चलचित्र पत्रकारितामा निरन्तर लागिरहेका लक्ष्मण सुवेदीलाई यस वर्षको ‘छायाँ छबी चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । सुबेदी चलचित्र क्षेत्रका निर्माता / निर्देशक पनि हुन् । हाल नयाँ पत्रिका राष्ट्रिय दैनीकमा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । पुरस्कृत सबैलाई  977online  को तर्फबाट हार्दिक  बधाई तथा शुभकामना ।।

Advertisement