ओहायो ।
अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन ।
नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरूलाई अवसर दिने उद्देश्यले प्रत्येक बर्ष आयोजना गरिने यी दुई रियालिटी शोकोमा अमेरिकाको विभिन्न सहरमा भएका अडिसनबाट छानिएका करिब २० जना नव प्रतिभाले सहभागिता जनाउने छन । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरू पाउने छन ।
48 E BATH ROAD, CUYAHOGA FALLS,OH 44223 मा शनिबार दिउसो २ बजेबाट शुभरम्भ हुने समारोहको प्रमुख आयोजक मा ‘ इन्टरन्यास्नल होम केयर एलएलसि ” रहेकोछ । कार्य्रक्रममा बरीस्ठ लोक गायक प्रेम राजा महत ,अन्जु पन्त , बाबु बोगटी, नबिन खड्का , दिलिप रायमाझी , सुशिल छेत्री , मेलिना मानन्धर , सारङ्गा श्रेष्ठ , पूजा चन्द , अरुणिमा लम्साल , मुकेश ढकाल , केकी अधिकारी , राजु लामा ( द ए न्जल्स ) , सन्दीप छेत्री, सपना परीयार , शिव परीयार, जगादिश समाल , मनोज ढकाल , किरण गजमेर , अर्जुन रसाइली , अनन राइ लगायतका कलाकर्मिहरुको प्रस्तुती रहनेछ । संसारभर छरिएर रहेका नेपाली भाषीहरुलाई कला र सस्कृतिको माध्यमबाट एक सुत्रमा गास्ने उदेश्यले कार्य्रक्रमको आयोजना गरिएको आयोजक सस्थाका सिइओ डिल्ली अधिकारीले बताउनुभयो ।