विदाईको दिन आसुले आखा भिजेको पाएथे
वर्षो पहिले आमालाई छाडी परदेश आएथे
परदेशी हुदा आमाको आसु, पुछ्न नि पाइएन
आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन
परदेशीहरुको यस्तै मार्मिक पीडा बोकेको गीत युट्युबाट लोकप्रिय भैरहेकोछ ।गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
साता अघि यो गीत गीतकार शर्माले आफनी दिवंगत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिमा अमेरिकाको टेक्ससमा एक कार्यक्रम आयोजना सहभागीहरुलाई देखाएर सार्वजनिक गरेका थिए ।
परदेशमा रहदा घरपरिवारका सदस्य गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढंगले उतारिएको छ । गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्ता प्रकृतिले साथ दिएकी छिन् । गीतको संगीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन । गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । गीतको म्युजिक भिडियो शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्ष्ँेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ट चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो । एउटा परदेशीको छोरो र गाउ“मा एक्लै बसेकी आमाको कथा बोकेको गीतले समग्र विदेशमा बसिरहेका परदेशीहरुले घरपरिवारबाट टाढा हुदा भोग्नु परेका समस्याहरुलाई गीतकारले गीतमा पोखेका छन् ।
गीतको लिंक :