२०१७ सेप्टेम्बर ५ र ६ मा NRN अमेरिकाको निर्बाचन मिती तय गरिएको निर्वाचन कमिटीले सुचना सार्वजानीक गरेको थियो, र East America को समय अनुसार सेप्टेम्बर ६ को राती १२ बजे चुनावी समय अर्थात भोट हाल्ने समय अन्तत सकिएको थियो । करिव १ घण्टापछी चुनावी घोषणा सबैलाई जानकारी भैसकेको थियो ।
मिति २०१७/९/९ मा Published गर्ने भनिएको चुनावी घोषणा, जहा चुनाव सकिन पाउदा नपाउदैं छताछुल्ल हुन्छ भने निर्बाचन कमिटीले ती $ १५ तिरेर सदस्य बनी र भोट गरेका सदस्यलाई दिने जबाफ केहि छ ? उहाँहरु नाजबाफ हुनुन्छ, किनकी आफ्नो खेलको अन्त्य सहर्ष स्वीकार्नु बाहेक अरु प्रतिबाद फलदायी छैन !
जहाँ विभिन्न कठिन परिस्थितिका बाबजुत पनि NRN अमेरिकाले चुनावी घोषणा गर्न सफल भएकोमा धेरै नेपालीहरु उत्सुकतामा थिए । जसोतसो टेनेसी अदालतबाट उम्किएर चुनाव गराउन सफल भएको थियो निर्वाचन कमिटी ! केहि नेपालीको मनमा आशाका किरण पलाएका थिए भने धेरै नेपालीको मनको बिश्वास NRN अमेरिकाले गुमाइसकेको थियो । यसको जवलंत उदाहरण करिव ३ लाख नेपाली रहेको अमेरिकामा मुस्किलले बल गरेर लगभग १५,००० नेपालीले पनि सदस्यता (Membership ) नलिनुले NRN अमेरिकाको लोकप्रियता यसै पनि न्यून देखिन्छ नै ! तरपनि अन्तमा जम्मा ९,००० को हाराहारीमा मात्र भोट खस्नुले NRN अमेरिकाले नेपालीहरुको मनमा उदासिनताको खेती लाइसकेको छर्लंग देखिन्छ ।
के यही हो त गैर-नेपालीहरुको सस्था या आस्था भनौ भरोषा? किन गुट , उपगुट र राजतिनिक खिचातानी अनि पैसाको खेल र पहुचको चालबाजी ?? के यहि हो परदेशमा रहेका नेपालीहरुको हित ?? पेन ड्राइभमा बोकेर हिडेको भोट, जनसम्पर्क समितीको सपोर्ट रे अनि प्रबासि मंच या अरु धेरैको चलखेल रे !! समाजसेवामा यी सब चलखेल किन शुरु भए ?
जे जति बिजेता हुनुभएको छ, उहाँहरु अबको नया नेतृत्वले उदारहरणिय बन्ने चुनौति आएको छ , नत्र फेरिपनी NRN अमेरिकाले यीनै नेपाली जनता माझ लज्जास्पद अनुहारहरु पस्कने अनि गुट उपगुट र झुटको पगरी गुथेर, मात्र पदको भारी देखाई ठुला ठुला भाषण त्येर्सायाउने भूमिका पक्कै नहोस ! सम्पूर्ण बिजेतालाइ हार्दीक बधाई !!
जय एन. आर. एन. !!!
दिक्षा बस्नेत
महिला संयोजक (नब निर्बाचित )
NRN NCC OF USA क्यालिफोर्निया च्याप्टर