बाल्टिमोर, मेरिल्याण्ड
नेपाली संगीत बजारमा वर्षकै सर्वाधिक चर्चित गित बन्न सफल “साइली” लगायत अन्य थुप्रै हिट गितहरु लिएर अहिलेका अत्यन्त चर्चित गायक हेमन्त राना यहि शनिबारका दिन (14th MAY ) बाल्टिमोर मेरिल्याण्डवासी नेपालीहरुका माझ लाईभ कन्सर्ट मार्फत आउने भएका छन।
स्थानीय आयोजक नाम्लो इभेन्टका सदस्यहरु अहिले कार्यक्रमलाई स्तरीय र अबिष्मरणिय बनाउन अहोरात्र लागिपरेका छन। स्तरीय साउण्ड सिस्ट्म, आकर्षक स्टेज लगायत कार्य जोड्तोडले भईरहेकोछ भने कार्यक्रमलाई अझै भब्य बनाउन चर्चित ब्यान्ड THE ANGLES ले पनि आफ्नो शसक्त प्रस्तुती दिने भएको छ जस्का लागि ब्यान्डका राजु लामा , हरिश माथेमा लगायतका गायकहरु तयारीमा जुटिरहेका छन । कार्यक्रमलाई अविष्मरणिय बनाउन सानो भन्दा सानो कुरालाई पनि सक्दो ब्यबस्थित बनाउने प्रयास भैरहेको जानकारी नाम्लोका संस्थापक बिक्रान्त श्रेष्ठले हामीलाई जानकारी दिनु भएको छ।
Parker 11131 Pulaski Hwy, White Marsh मा सुसम्पन्न हुने ” साइली टुर ” मा आफ्नो प्रस्तुतीका लागि हेमन्त लगायतका कलाकर्मिहरु बाल्टिमोर अाइपुगिसकेका छन । कार्य्रक्रमलाई लिएर डि सि मेट्रो एरियाका नेपालीहरु निकै उत्साहित रहेका छन ।