नेपाली चलचित्रकि एक जमानाकि सुपरहिट नायिका क्रिस्टी मैनालीको जेष्ठ ८ अर्थात ” मे २२ ” तारिखमा शुभ जन्मदिन हो ।
नेपाली फिल्म जगतकि निकै लोकप्रिय नायिका क्रिस्टी हाल परिवारको साथमा अमेरिकाको न्यु योर्कमा बसोबास गरिरहेकी छीन् । सन १९८४ मा बनेको फिल्म ” कान्छी ” बाट अभिनय यात्रामा लागेकी क्रिस्टीका चिनो , युग देखी युग सम्म , अर्पण , अरुणिमा , अधिकार , चोखो माया , अपराध , सन्तान , तिलहरी , सपना, लक्ष्मी पूजा, राको , गोपी कृष्ण, सडक लगायतका दर्जनौ फिल्महरु सुपरहिट छन । फिल्मी करीयर कै दौरान उज्वल मैनालीसँग विवाह गरेकी क्रिस्टी हाल २ छोरी. श्रीमानको साथमा नितान्त पारिवारिक जीवनमा छीन् । सफलताको शिखरमै रहदा रहदै फिल्मी दुनियाँबाट टाढिएकी क्रिस्टीलाई अझै पनि नेपाली चलचित्र कि अदाकार अभिनेत्रीका रुपमा सम्झिने धेरै छन । उनका लाखौं शुभचिन्तकहरु उनलाई अझै पनि पर्दामा हेर्न प्रतिक्ष्यारत छन ।
शुभजन्म दिन को पावन अवसरमा लोकप्रिय अभिनेत्री क्रिस्टी मैनाली लाई लाखौं लाख शुभकामना !!! ह्यप्पी बर्थ् डे क्रिस्टी ।
प्रस्तुस छ उनका १० ताजा तस्बिर हरु : ( श्रोत : फेसबुक )