Blog Health

Helping Hands without Border Canada को आयोजनामा रक्तदान

स्थापनाको छोटो समयमै विभिन्न सामाजिक कामहरु र समाजिक सहयोग गर्दै आइरहेकाे गैरसरकारी सस्था Helping Hands without Border Canada ( सिमा बिहिन सहयोगी हातहरु) को आयोजनामा ११ जनबरि २०२० मा एक बृहतर रक्तदान एक जिवनदान कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रम Cedarbrook Community Center स्ककार्बोरोमा भयको थियो भने अपेक्षा गरिएको भन्दा धेरै जना दाताहरुले रक्त दान गरेका थिए ।

गत बर्ष सस्थाले मध्य तराईमा गयको बिनासकारी आधी बेहरी प्रभाबित पीडितहरुको लागी एनआरएनए क्यानडा मार्फत आर्थिक सहायता पुरायको थियो भने गत २०७६ मंसिर १३ गते सोमबार एकता समुह धापसीको सहयोग तथा ब्यब्स्थापनमा वृदा महिलाहरुको एक दिने धार्मिक त्रिठाटन भ्रमण कार्यक्रम कार्यक्रम संचालन गरेको थियो। सस्थामा नेपालको विभिन्न स्थानबाट क्यानडा गइ बिबिध पेशा ब्यब्साय गरि बस्नु हुने अन्जनी राज भट्टराई हेटौंडा, ऋषिकेश घिमिरे कपिलवस्तु, राजेन श्री छत्त्कुलि चितबन, डाक्टर गोपाल पाठक स्याङ्जा तथा रबिन्द्र आचार्य कुपोन्डोल बोर्ड अफ डाइरेक्टरको रुपमा निसुल्ल्क सेवा प्रबाह गरिरहनु भएको छ।

आगामी दिनहरुमा संथाले अझै सक्रिय बनि मानविय सहयोगमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रमहरू अगाडि ल्याउने सस्थाका कोर्डनिनेटर अन्जनी राज भट्टराईले प्रतिबद्दता जनाऊनुभएकाे छ ।

कार्यक्रममा सक्रिय सहभागिता जनाइ सफल पार्न भुमिका खेल्नु हुने कृष्ण पौडेल, कार्तिक चन्द्रा, हेमन्त रावल, माइकल डगल्स , क्यानेडीयन रेड क्रस तथा भुटनिजी नेपाली कमिन्युनिटिका सहयोगीहरुलाई विशेष धन्यवाद समेत प्रदान गरिएको थियो ।

Advertisement