शनिवार, पोखरामा सम्पन्न फाइनल प्रतिस्पर्धामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै न्यु लुक्स कमेस्टिक “मिस एस.इ.इ. २०१७” को उपाधि अस्मिता योगीले जितेकी छन् । उनले उपाधिसँगै सिल्भर क्राउनको साथमा नगद २० हजार रुपैयाँ प्राप्त गरेकी छन भने ३ लाख रुपैयाँ बराबरको उच्च शिक्षा र रेडियो सार्थकमा आर.जे. गर्ने अवसर पनि पाएकी छन् । ईभेन्टस फर यु प्रा. लि.को आयोजना, सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ व्युटी सिटि को विशेष सहयोगमा आयोजित “मिस एस.इ.इ.२०१७” को फस्ट रनर अफ ईशा श्रेष्ठ र सेकेण्ड रनरअफ सलमा भाट बने । उनीहरुले क्रमशः सिल्भर क्राउनको साथमा नगद १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा रिया शाहीले वेष्ट स्माइल, करिना गुरुङ्गले मोस्ट ट्यालेन्टेड, सोनी गर्वुजा पुनले बेष्ट वाक, ईशा श्रेष्ठले सिटी पोखरा भ्युवर च्वाईस, आशिका रानाभाटले फोटो जेनिक, सोनाम खत्रीले वेष्ट पर्सनालिटी र रोशनी कार्कीले वेष्ट ड्रेसको उपाधि जितेका छन् । यस प्रतियोगिताको विजेताले मिस ग्राण्ड नेपाल मा सिधै प्रवेश गर्न पाउनेछन् ।
प्रतियोगिताको निर्णायकमा न्यु लुक्स कस्मेटिक प्रा.लि. को प्रमुख विश्व किरण जैन, कलासंगत नेपालका अध्यक्ष शिव गौतम, हिल प्वान्ट उच्च माविका संस्थापक प्राचार्य दिवाकर जैसी, मिसेस पोखरा विजेता २०७२ की सरीता गुरुङ्ग, मिस एस.एल.सी. २०१४ का विजेता दिप्सना खड्का, माउन्ट एभोरा एकेडेमीको प्रिन्सिपल कञ्चन गुरुङ रहेका थिए ।
माध्यमिक शिक्षा परिक्षा (एस.इ.इ.) दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको आयोजक विशाल गुरुङले जानकारी दिए ।