मनोरन्जनको क्षेत्रमा साईलीको नामबाट चर्चित बनेकी नायिका मेनुका प्रधानलाई चलचित्र हिटलरमा भने रोमान्स गर्दै गरेको हेर्न पाइने भयकोछ| मेनुकाको साथमा चलचित्रमा शोहित मानन्धर, ए गुरुङ, सामिया बर्तौला, दिवश धिताल आदीको अभिनय रहेकोछ| चलचित्र हिटलर यही जेष्ठ १२ गते शुक्रबार बाट नेपाल अधिराज्य भरिका चलचित्र भवनहरुमा प्रदर्शनिमा आउँदैछ|
अस्ट नारायण पिक्चर्स र न्यू क्रियटिभ मोसन पिक्चर्स को संयुक्त ब्यानरमा निर्माण भयको चलचित्र हिटलर का नायक शोहित मानन्धरले चलचित्रले भरपुर मनोरन्जन प्रदान गर्ने कुराको दाबि गर्दै आफ्नो कामप्रती पनि सन्तुस्ट रहेको प्रतिकृया दिएका छन| “नाम सुन्ने बितिकै चलचित्र एक्सन जस्तो लाग्छ , तर हामीले चलचित्रमा प्रसस्त मात्रामा कमेडी मसलाहरु प्रयोग गरेका छौ,दर्शकहरुलाई चलचित्र एकदम मनपर्छ”, शोहितले 977online सँग बताए| चलचित्र हिटलर सौरभ ढकालको निर्देशन र चिनिमाया मानन्धरको निर्माणमा तयार भयको हो|