आफनो जन्म दिने आमाको माया नगर्ने संसारमा कोही पनि छैंन् । मातृवात्सल्यले ओतप्रोत भएका वालकहरुको भविष्य राम्रो हुने विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसैले आमाले आफना छोराछोरीलाई स्याहारसुसार देखि भाषा र सभ्यतालाई सिकाउँदै जीवनको गोरेटो निर्माणको लागि सहयोग गर्दै आएकी हुन्छिन् । आमालाई स्मरण गर्ने र सम्मानको लागि पहल गर्ने नेपाली हिन्दूहरुको एक चाड मध्ये आज परेको मातातीर्थ औसी पनि महत्वपूर्ण रहेको...