४० को दशकतिर टेलिभिजनमा मध्यमवर्गीय नेपालीको पहुँच बढ्दै गयो । आकारभन्दा बढी तौल र श्यामश्वेत अर्थात् कालो–सेतो चित्र हुने भए पनि त्यसैलाई मन पराइने एउटा विशेष कारण थियो उक्त टेलिभिजन सेटको, त्यसले त्यो समयमा, त्यो वर्गका मानिसहरूलाई समाचार र मनोरन्जन प्रदान गथ्र्यो, तर समयसँगै त्यसमा धेरै परिवर्तन आए । टेलिभिजन रंगीन मात्र भएन, त्यो पातलिँदै पनि गयो । टेबलमा राखिने टेलिभिजन भित्तामा सजिन थाल्यो...