National News Technology

” क्यानभास ” वाईनको सार्वजनिकसंगै बजारमा माग बड्दै !!

977online.com

संकटा वाइन एण्ड बेभरेज प्रा.लि. ले “क्यानभास” नामको नयाँ वाइन बजारमा सार्वजनिक गरेको छ। उक्त वाइनको शुक्रबार वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले सार्वजनिक गरेका हुन्। स्वीट रेड, ड्राइ र स्वीट ह्वाइट गरी उत्पादित तीन किसिमको वाइनको बजार मूल्य ने.रु. ४ सय ९० तोकिएको छ। 977online.com

क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड बेभरेजका प्राविधिकले परीक्षण गरेको अंगुर आयात गरिने उत्पादकले जानकारी दिएको छ। प्राविधिक परीक्षणपछि मात्र अंगुर आयात गर्ने आफूहरुमात्र भएको दावी उत्पादक कम्पनीको रहेको छ। तत्काल ७ सय ५० मिलि लिटरको बोतलमा वाइन उत्पादन सुरु गरेको संकटाले छिट्टै फ्यामिली प्याक र पार्टी प्याकमा पनि वाइन बजारमा ल्याउने जानकारी गरायको छ। संकटाले काभ्रेको नालामा रहेको प्लान्टमा युरोपेली प्रविधिबाट वाइन उत्पादन गर्दै आएको छ भने बजारमा सार्बजनिक गरे सन्गै बिभिन्न ठाउंहरु बाट वाईनको माग आईरहेकोले उत्पादनको कार्य धमाधम भैरहेको जानकारी उत्पादन पक्षले गरायको छ ।

Advertisement