Celebrities Entertainment Movies

अनमोल र केकी ‘बेष्ट एक्टर’, छक्का पन्जा ‘उत्कृष्ट चलचित्र’

977online

कोलोराडो, अगष्ट १९

दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड  एक भव्य समारोहका बिच कोलोराडोको डेनभर सहरमा सम्पन्न भयो। नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। छक्का पन्जाले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशक गरी दुई मुख्य पुरस्कार प्राप्त गर्न सफल भयो भने उत्कृष्ट नायकका रूपमा युवापिंढीका बिच निकै चर्चित अनमोल केसी सम्मानित भए भने उत्कृष्ट नायिका केकी अधिकारी भईन। 977online

वरिष्ठ कलाकार टीका पहारीलाई लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित गरियो भने नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्री एचिभमेण्ट अवार्डबाट सम्मानित भए। त्यसै गरी ‘बेष्ट कोएक्टर’को उपाधि छक्का पन्जाका लागि जितु नेपाल ‘मुन्द्रे’ले प्राप्त गरे भने नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक/लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल स्पेशसल अवार्डबाट सम्मानित भएका थिए।यस्तै हाल अमेरिकामा रहेका निर्देशक एवम सन्चार्कर्मी सुरेश दर्पण पोखरेललाई ” बेस्ट फिल्म पर्सनालिटी इन डायस्परा ” अवार्ड प्रदान गरिएको थियो भने नायिका युना उप्रेती , नायक बिक्रान्त बस्नेत , निर्देशक सुर्य बोहरा, दिनेश कार्की  पनि सम्मानित भएका थिए ।  977online

होटेल क्राउन प्लाजामा करिब ४ घण्टा चलेको अवार्ड समारोहमा हलिउडका निर्माता थोमस वि फोरेको समेत विशेष उपस्थिति रहेको थियो। गायक शिव परियार, यम बराल, कलाकार कृष्ण मल्ल, मदु श्रेष्ठ, भुवन केसी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’ लगाएतका कलाकारहरू अवार्ड समारोह सहभागी हुनु भएको थियो। कार्यक्रम आयोजक ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य र संयोजक शैलेश पोखरेलले धन्यवाद सहित समारोह समापन गरेका थिए।977online

यसै कार्यक्रम अन्तर्गत नेपालमा गएको बाढी पहिरोबाट प्रभाबितहरुको सहयोगार्थ कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर सहयोग सङ्कलन भएको थियो । सन्कलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार सङ्घ मार्फत नेपालमा पठाइने जानकारी संयोजक पोखरेलले जानकारी गराए । कार्यक्रमको सन्चालन राजेन्द्र सलभ, सुरेश दर्पण पोखरेल, निक्की पाण्डे तथा बिधान कार्कीले गरेका थिए ।

977online

Photos: Rajiv Shrestha

Advertisement