नेपाली सिनेमा क्षेत्रमा सफल र लोभलाग्दो छबी बनाएका नायक हुन राजेश हमाल । करीब ३०० फिल्ममा अभिनय गरिसक्दा पनि एकाध सम्झन लायक फिल्मको नाम समेत भन्न नसक्ने राजेश नेपाली सिनेमाका सुपरस्टार त हुन नै तर उनलाई सक्ष्यम नायक भने मान्दैनन समिक्षकहरु । बिशेषत एकैप्रकारको अभिनय शैली , सधैं उस्तै लाग्ने गेट अप , नाच्न नजान्नु , ड्रेसिङ सेन्सको कमी आदी हमालका प्रस्ट देखिने कमजोरीहरु हुन ।
समिक्षकहरुले बर्सौं देखी उन्का कमजोरीहरु बताए पनि उनले कहिल्यै टेरर्पुछर लगाएनन ,आफुलाई सुधार्ने सानो प्रयास पनि गरेनन फेरी पनि उनी अझै पर्दा बाहिरका सुपरस्टार नै छन । पर्दा भित्र भने बिगत १ दशक देखी नै हमाल फल्प हिरो हुन किनभने गत १० बर्ष यता देखी राजेशको नाममा कुनै फिलम चल्न सकेका छैनन । पर्दा बाहिर लोभलाग्दो क्रेजमा देखिने हमाल पर्दा भित्र भने निरश छन , उनको नाममा निर्माताहरु उस्किन छाडेका छन , राजेशको कमब्याक भनिएको फिल्म बागमतीले त झन राजेशलाई सुपर फ्लपको बिल्ला नै भिराइदिएकोछ ।
यतीबेला राजेश भुकम्पका कारण ध्वस्त भएका स्कुलको पुनर्निर्माणका लागि सहयोग उठाउन भन्दै घासी नामक सस्थासँग जोडीएर अमेरिकाका बिभिन्न राज्यहरुमा सास्कृतिक कार्य्रक्रमहरु गरिरहेका छन, साँच्चिकै उदेश्य पुरा भएमा यो राम्रो कार्य हुनेछ तर यसरी बिदेशमा हुने कार्य्रक्रमहरुमा राजेश भने आफ्नो फितलो प्रस्तुतीका कारण कमजोर देखिदैछन ।
” राजेश हमालको शो भनेर हेर्न आएको त म भन्दा नि झुर पो नाच्दा रहेछन , यस्तो नाच्नु भन्दा त बरु ननाचेकै भए हुन्थ्यो , क्या नमज्जा भयो ” कार्य्रक्रममा राजेशको प्रस्तुती हेरेपछी एक नेपाली भन्दै थिए । ” झन हिरोइन केकीसँगको जोडी कस्तो नसुहाएको , बाउ छोरी नाच्या जस्तो लाग्ने , अली बिचार गर्नु पर्छ नि त्यत्राो हिरो ले ” ति दर्शक को गुनासो अझै सकिएको थिएन । ” बरु……………………………………”
नेपाली दर्शकले निकै माया र सम्मान गरेका नायक हुन राजेश हमाल त्यसैले पनि उन्ले दर्शकहरुलाई रिझाउन सक्नुपर्दछ; जे गरे पनि हुन्छ आखीर म सुपरस्टार हु भन्ने उन्को सोच हुनु हुँदैन ,दर्शक हिरोलाई हिरोझै नै देख्न चाहन्छन : बुढो गोरुझै होइन । हमाललाई यो कुरा कस्ले सम्झाइदिने ?
हेर्नुहोस् भिडिओ-
भिडिओ: uskhabaronline