निकैनै चर्चाको शिखरमा रहेको चलचित्र ‘ कृ ‘ को फस्ट लुक सार्वजनिक भएको छ । अनमोल के.सी., अनुप बिक्रम शाही, आदिती बुढाथोकी को अभिनय रहेको नेपाली चलचित्र ‘ कृ ‘ कै लागि भनेर लामो समयसम्म नायक अनमोल अन्य चलचित्रमा काम नगरि बसेका थिए । अनमोललाई बडि बिल्डिग र लुक चेन्ज गरेर दर्शकहरुलाई फरक अनुभुति दिलाउने सोचका साथ नायक भुवन के.सि. र निर्माता सुबाश गिरीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । आज रिलिज गरिएको २ पोस्टरमा अनमोलको एक्सन रुपलाई प्रस्तुत गरिएको छ । सुबास ईन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मस् को संयुक्त प्रस्तुति चलचित्र ‘ कृ ‘ लाई संपादक तथा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुरेन्द्रले निर्देशन गरेको यो दोश्रो फिल्म हो , यस अघी उनले ” आभास ” बनाएका थिए । पुरुशोत्तम प्रधानको छायंकन रहेको चलचित्र ‘कृ’ कार्तिक ३ अर्थात अक्टोबर २० मा रिलिज हुदैछ । चलचित्रको ट्रिजर पनि छिटै रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ ।
‘कृ’ को फस्ट लुक सार्वजनिक, यस्तो छ लुक अनमोलको।।
