Entertainment Movies Music News

को कसले हातपारे बक्स अफिस फिल्म फेयर अवार्डः-

977online.com

मिति २०७३ साल, आषाढ १७ (१ जुलाई, २०१७) गतेका दिन,  बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजना मा भएको ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ , बेलायतको अल्डरसट स्थित एम्पायर हलमा भव्य रुपमा सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायीका, प्राविधिक र अन्य फिल्मकर्मीहरुको सहभागि्ता रहेको थियो । अवार्ड समारोहमा विगत लामो समयदेखि वेलायतमा बस्ने बुद्धिजिवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र र कलासंस्कृतिलाई माया गर्ने दर्शकहरुले सहभागिता जनाएका थिए । बेलायतमा बस्ने कलाकारहरु र नेपालबाट बेलायत आएका चर्चित कलाकार आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लागयत दुई दर्जन चर्चित कलाकारहरुले अवार्डको रौनक बढाएका थिए । अवार्डलाई भव्य बनाउन बलिउडबाट लोकप्रिय गायिका सञ्जिवनी र नेपलबाट आन्नद कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुञ्जयमान भएको थियो ।

अवार्ड  विजेताहरु:-

१) सर्वश्रेष्ठ श्रृगांर -सरोज पान्डे ( पुरानो डुगा )
२) सर्वश्रेष्ठ कला निर्देशक- आशिष दाहाल र कसम नेपाल ( जंगे )977online.com
३) सर्वश्रेष्ठ भेषभुषा- उतम बनेपाली ( केम तिम्रो होईन र )
४) सर्वश्रेष्ठ ध्वनि मिश्रण–सुनयमान श्रेष्ठ ( छक्का पन्जा )
५) सर्वश्रेष्ठ पाश्र्व संगीत-सैलेस श्रेष्ठ ( गाजलु )
६) सर्वश्रेष्ठ कलर करेक्सन–राजेन्द्र मोक्तान ( गाजलु )
७) सर्वश्रेष्ठ भि.एफ.एक्स.-अनन्त घिमिरे ( द विइनर )
८) सर्वश्रेष्ठ खलनायक–अर्पण थापा ( वीर बिक्रम )
९) सर्वश्रेष्ठ हास्य कलाकार- केदार घिमिरे ( छक्का पन्जा )
१०) सर्वश्रेष्ठ बाल कलाकार- साइब्रत आचार्य ( छांया )
११) सर्वश्रेष्ठ नृत्य निर्देशक -बिक्रम स्वार ( लुट 2 )
१२) सर्वश्रेष्ठ पटकथा – दिपक राज गिरि ( छक्का पन्जा )
१३) सर्वश्रेष्ठ संवाद-दिपक राज गिरि ( छक्का पन्जा )
१४) सर्वश्रेष्ठ कथा लक्षूमण सुवेदी ( लाल जोडि )
१५) सर्वश्रेष्ठ सम्पादक-बिपिन मल्ल ( छ्क्का पन्जा )
१६) सर्वश्रेष्ठ छायांकार- रामकुमार केसि ( बिर बिक्रम )
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक एन. बि महर्ज ( जय पसुराम )
१८) सर्वश्रेष्ठ चरित्र अभिनेत्री – गौरी मल्ल ( गाजलु )
१९) सर्वश्रेष्ठ चरित्र अभिनेता – ( माओत्से गुरुङ )
२०) सर्वश्रेष्ठ सह–नायक- सलोन बस्नेत
२१) सर्वश्रेष्ठ सह–नायिका- दिया पुन ( वीर बिक्रम )
२२) सर्वश्रेष्ठ नव नायिका- दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक – आर्यन अधिकारी ( के म तिम्रोहोईन र )
२४) सर्वश्रेष्ठ नायिका – केकि अधिकारी ( लभ सासा )
२५) सर्वश्रेष्ठ नायक – आर्यन सिग्देल ( होमवर्क )
२६) सर्वश्रेष्ठ नवनिर्देशक – नरेश केसि ( डाइन्ड क्यानल )977online.com
२७) सर्वश्रेष्ठ निर्देशक – मिलन चाम्स ( वीर बिक्रम )
२८) सर्वश्रेष्ठ चलचित्र – वीर बिक्रम

बेलायतबाट गरिएको संगीत अवार्ड नतिजाः-
१ उत्कृष्ट गितकार – शान्तिप्रिय ( छक्का पन्जा )
२ उत्कृष्ट संगित – राजन राज शिवाकोटी ( छक्का पन्जा )
३ उत्कृष्ट गायिका – अन्जु पन्त ( छक्का पन्जा )
४ उत्कृष्ट गायक – तारा प्रकाश लिम्बू ( वीर बिक्रम )

आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्डः-
१) सर्वश्रेष्ठ स्टुडियो – रेड स्टिडियो
२) सर्वश्रेष्ठ पोस्टर डिजाइन – सुन्दर श्रेष्ठ ( छक्का पन्जा )
३) सर्वश्रेष्ठ निर्माण नियन्त्रक – सुमन गिरि ( छक्का पन्जा )
४) सर्वश्रेष्ठ प्रोमो – साहिल खान ( के म तिम्रो होइन र )
५) सर्वश्रेष्ठ वितरक – गोपाल कायस्थ – छक्का पन्जा (राजधानी ) केदार पराजुली – बिर बिक्रम (मोफसल )
६) सर्वश्रेष्ठ विशेष चलचित्र – तीन घुम्ती
७) सर्वश्रेष्ठ सफल डिजिटल कारोबार – हाइलाइट् नेपाल 977online.com
८) सर्वश्रेष्ठ सफल सिनेमा हल – अस्ट्नारायण हल
९) सर्वश्रेष्ठ सक्रिय संघसंस्था – कलाकार संघ
१०) सर्वश्रेष्ठ अवार्ड आयोजना – नेफ्टा अवार्ड
११) सर्वश्रेष्ठ कलाकार – ज्योति काफ्ले ( लाल जोडि )
१२) सर्वश्रेष्ठ नायिका – आयुस्मा कार्की ( लाल जोडी )
१३) सर्वश्रेष्ठ नायक – निखिल उप्रेती
१४) सर्वश्रेष्ठ निर्माता – सन्तोष सेन
१५) सर्वश्रेष्ठ निर्देशक – दिपाश्री निरौला
१६) लाइफटाइम एचिभमेन्ट – दिपक क्षेत्री
१८ पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार – जिवन पराजुली
१९ पत्रकारिता नगद सम्मान – श्याम अर्याल ( इमेज टिभि )
२० विशेष सम्मान – सुन्दर लाल श्रेष्ठ

अवार्ड समारोह भव्य आयोजना गरेकोमा  दर्शक,  सञ्चारकर्मी,  प्राविधिक र चलचित्रकर्मीहरुले आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी कल्बका अध्यक्ष आर.के. सुवेदी र बेलायत आयोजकको थर्ड आइ टिमका प्रमुख विकास देवकोटाको सिड्डो टिमलाई धन्यवाद ज्ञापन गरे ।  अवार्डका संयोजक हरि सिलवाल, जुरीहरुमा शक्ति वल्लभ घोरासैनी, विजयरत्न तुलाधर र सामिप्य राज तिमिल्सिना रहेका थिए ।

Advertisement