Celebrities Entertainment Movies Music

 “डेबिसमा” प्रमोद खरेलको दशैं सेप्टेम्बर २४ मा !

977online

– दिक्षा बस्नेत
नेपालीहरुको महान चाड बडा-दशैको उपलक्षमा अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत  Davis शहरमा यहि आउँदो सेप्टेम्बर- २४ आइतबारका दिन NAFCA & NSC द्वारा दशैं कार्यक्रम नेपाली संगीतमय तरिकाले मनाउने तयारी गरिएको छ । सम्पूर्ण बे-एरिया लगायत क्यालिफोर्नियाबासी नेपाली आमाबुवा , दाजुभाई , तथा दिदीबहिनी लगायत नेपाली संगीतप्रेमीहरुलाई नेपाली डिनरका साथ आफ्नो सस्कार, चाड , र संगीतलाइ माया गर्दै भरपुर रमाइलो गर्न, कार्यक्रमका आयोजकहरुले आब्व्हान गरेका छन ।

नेपाली संगीतका अत्यन्तै लोकप्रिय गायक प्रमोद खरेलको निकै शशक्त प्रस्तुती रहने सो काय्रक्रममा चर्चित फिल्म निर्देशक एवम संचारकर्मी सुरेश दर्पण पोखरेलको पनि उपस्थिती रहने छ । प्रमोद र सुरेसका अलावा बे एरियामा रहेका अन्य प्रतिभावान कलाकर्मिहरुको पनि कार्य्रक्रममा प्रस्तुती रहने आयोजक सस्थाकि प्रमुख तारा बरालले जानकारी गराउनुभएको छ ।

कार्यक्रम आयोजक
NAFCA & NSC ( Nepalese and Friendship Cultural Association & Nepalese society of California  )

मिति : 24/sept,2017 (Sunday)
समय : 5.00 pm -11.00pm
स्थान : Veteran Memorial Davis
203 E 14 th ST. Davis, CA 95616

Advertisement