कलाकार, निर्माता र निर्देशक हुंदै नायक निखिल उप्रेति चलचित्र ” रुद्र ” बाट संगितकारको रुपमा पनि देखा परेका छन। श्रावण १३ प्रदर्शन मिति तय गरेको चलचित्र ” रुद्र ” को पहिलो गीत सार्वजनिक भएको छ । तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोमा आधारित रहेको ‘ आइ एम च्याङ्ग्वा ’ वोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन् । गीतमा जगदिश्वर थापाको शब्द रहेको छ भने शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको स्वर रहेको छ । उक्त गितमा विश्व र सारा सँगै ज्याक श्रेष्ठ लाइ फिचरिङ गरिएको छ।
रामजी लामिछानेको निर्देशनमा निखिल उप्रेति प्रोडक्सन र बिश्वो प्रोडक्सनको सन्युक्त लागानीमा निर्माण भएको चलचित्र ” रुद्र ”मा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय रहेकोछ । चलचित्रमा हिमाल के.सी. को द्वन्द्व र सौरभ लामाको छायंकन रहेको छ भने नायक निखिल उप्रेति र दिनेश सुनामको संगित रहेको छ । चलचित्रको निर्माता भने कल्पना कुमारी कटुवाल र भक्त प्रसाद शर्मा रहेका छन् । काठमाडौंका हलहरुमा गोपाल कायस्थ र मोफसलमा एफ.डी. कम्पनिले ‘रुद्र’ को वितरण गर्दैछ ।
Watch Song:-
https://www.youtube.com/watch?v=NY6zh118s2Y