Entertainment Movies

निखिलको ” रुद्र ” मा भयानक रुप : ट्रेलर रिलिज

977online.com

रामजी लामिछानेको निर्देशनमा ” रावणको लागी राम, रामको लागी रावण, दुबै एक अर्काका लागी खलनायक हुन ”  स्लोगन सहित निखिल उप्रेति प्रोडक्सन र बिश्वो प्रोडक्सनको सन्युक्त लागानीमा निर्माण भएको चलचित्र ” रुद्र ” को भर्खरै मात्र सुन्धाराको  सि.डि.सि. हलमा  ट्रेलर रिलिज गरिएको छ ।  २ मिनेट २० सेकेन्ड लामो उक्त ट्रेलरमा नायक निखिल उप्रेतिको दमदार एक्सनका साथमा नव नायक/नायिका विश्व र सारालाई प्रेम जोडिको रुपमा प्रस्तुत गरिएको छ । चलचित्र श्रावण १३ मा रिलिज हुंदैछ ।

ट्रेलर रिलिज पछि निखिलको कामको उपस्थित पत्रकार तथा चलचित्रकर्मिहरुले खुलेर तारिफ गरे भने  नव नायक/नायिका  विश्व र साराको काम पनि तारिफ योग्यनै देखियो । चलचित्रमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय रहेकोछ । चलचित्रमा हिमाल केसीको द्वन्द्व र  सौरभ लामाको छायंकन रहेको छ भने नायक निखिल उप्रेति र दिनेश सुनामको संगित रहेकोछ । कलाकार, निर्माता र निर्देशक हुंदै नायक निखिल ” रुद्र ” बाट संगितकारको रुपमा पनि देखा परेका छन ।

Watch the Trailer:

 

अन्य चलचित्रबाट कथाबस्तु साभार हो कि भन्ने प्रस्नमा निखिलले राम्रो कुरा लिनु नराम्रो होइन, भन्दै हिन्दि चलचित्रहरु पनि कोरियन, चाइनिज र अंग्रेजि फिल्म् बाट प्रभाबित हुने गरेको उदाहरण दिन पछि परेनन ।  चलचित्र प्रदर्शनको निति बन्न नसक्दा  तछाड र मछाड  को  परिस्थिति आइरहेको पनि उप्रेतिको भनाइ रहेको थियो । पछिल्लो समय चलचित्रको  कोरियोग्राफिमा  निकै समय दिनु परेकोले चलचित्र  निर्देशनमा  लामो समयको अन्तराल पछि फर्केको भन्दै  निर्देशक रामजी लामिछानेले चलचित्र हेर्दा आनन्द आउने ‘ एक्सन लभ स्टोरी ’ बनेको  977online  संगको कुराकानिको क्रममा बताए । चलचित्र ” रुद्र ” लाइ कल्पना कुमारी कटुवाल र भक्त प्रसाद शर्माले निर्माण गरेका हुन भने प्रस्तुतकर्ता नायक निखिल उप्रेति हुन ।

 

Advertisement