Celebrities Entertainment Movies

EXCLUSIVE : निर्देशक बन्दै जीतु नेपाल,अमेरिकाबाट हुँदैछ करोड माथिको लगानी !

977online

चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट हालसम्म ” छ एकान छ” , “छक्का पन्जा” र “छक्का पन्जा २” गरी ३ फिल्म हरु निर्माण भएका छन , यि तिनै वटा फिल्ममा प्रमुख भूमिकामा रहेका कलाकार एवम दिपक -दीपाका पार्ट्नर जीतु नेपाल पनि अब फिल्म निर्देशक बन्न लागेको खबर प्राप्त भएकोछ । हाल निकै गोप्य रुपमा यो फिल्मको स्क्रिप्ट तयार पारीदैछ ।

977online
Dhurba Onta & Anu Onta
977online
Dilip Rayamajhi

करीब २ बर्ष अगाडि परिवारको साथमा अमेरिका पुगेका नायक दिलिप रायमाझीको सम्योजनमा ‘अनटाइटलड प्रोजेक्ट’ को काम भईरहेकोछ । सोही कामका लागि दिलिप बिगत ३ महिना देखी नेपालमै छन । सुत्रका अनुसार जितुको निर्देशन रहने कमेडी जनराको फिल्ममा दीपक – दीपा पनि हुनेछन भने अन्य कलाकारहरु छ्नोट कार्य भईरहेकोछ । कारीब १ करोड माथिको लगानीमा बन्ने सो फिल्ममा लगानी भने बिगत २६ बर्ष देखी अमेरिका बसोबास गरिरहेका धुर्ब वन्ता र अनु वन्ताको रहने खबर प्राप्त भएको छ । थुप्रै सफल फिल्म र टेलिफिल्मका सफल कलाकार जितु नेपाल फिल्म निर्देशनमा भने कस्तो हुने हुन त्यो भने प्रतिक्ष्याको बिषय बनेको छ । जीतुलाई हाम्रो शुभकामना ।

Advertisement